२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीमा पुस भित्र ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन’ पूर्णरुपमा कार्यान्वयनमा ल्याइने

अ+ अ-

पोखरा । गण्डकी प्रदेशले आगामी पौषभित्रमा सबै स्थानीय तहहरूमा ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन’ पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ ।

आइतबारबाट सुरु भएको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन’ सम्बन्धी अनलाइन तालिम कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचिव डा. दामोदर रेग्मीले सो कुरा बताएका हुन् ।

सङ्घीय शासन प्रणालीको प्रभावकारितामा स्थानीय तहको भूमिका रहने बताउँदै उनले यो प्रणालीले स्थानीय पालिकाका कार्यहरू पारदर्शी र जनमैत्री बन्न सहयोग पुग्ने कुरामा जोड दिए ।

प्रदेश सचिव इन्दु घिमिरेले यो मूल्याङ्कन प्रणाली आवश्यक रहेको बत्ताइन्। गण्डकी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रतिष्ठान स्थानीय तहहरूको समग्र क्षमता विकासमा प्रतिबद्ध रहेको बताए ।

कूल ८५ स्थानीय तह रहेको गण्डकी प्रदेशमा ६८ स्थानीय तहहरूले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यान्वयनमा ल्याइसकेका छन् र बाँकी १७ स्थानीय तहहरूमा कार्यान्वयन हुन् क्रममा रहेको छ ।

गण्डकी प्रदेशले श्रावणदेखि स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता बृध्दिका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २०७७ मार्ग ३ गते स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि स्वीकृत भएको हो । स्वमूल्याङ्कनका १० वटा विषयक्षेत्रहरु रहेका छन् ।