२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गरेर अघि बढ्छौँ : चिनियाँ विदेश मन्त्री

अ+ अ-

बेइजिङ । चीनले अफगानिस्तानमा विकसित परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ ।

चिनियाँ विदेश मन्त्रीले बुधबार सो धारणा राखेका हुन् । उनले हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएका हुन् ।

चिनियाँ विदेश मन्त्री वाब यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रुपमा अहिलेको सङ्क्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्नेछ ।

बुधबार साँझ विदेश मन्त्री वाब यी र पाकिस्तानी विदेश मन्त्री साहमोहमद कुरेसीबीच फोन वार्ता भएको थियो । त्यस फोन वार्ताका क्रममा विदेश मन्त्री वाब यीले हाल अफगानिस्तानमा विकसित परिस्थितिलाई सामान्य बनाउन र त्यहाँको सङ्क्रमणकालीन व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग सम्पर्क र समन्वय गरेर अघि बढ्ने छ भनेका हुन् ।

उनले अफगानिस्तानलाई आतङ्कवादका विरुद्धमा चीनले सहयोग गर्ने धारणा पनि राखेका थिए। त्यस फोन वार्ताका क्रममा विदेश मन्त्री वाब यीले भनेका थिए कि चीनले अब अफगानिस्तानलाई आतङ्कवादबाट बचाउनका लागि सहयोग गर्नेछ र अब अफगानिस्तान पनि आतङ्कवादी जम्मा हुने स्थान बन्नु हुँदैन। गएको आइतबार काबुललाई तालिबानीले कब्जामा लिएका छन् ।

उनीहरुले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन् । काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकुले गस्ती गरिरहेका देखिएको छ भने आफ्ना देश फर्किन चाहने विदेशीले गर्दा त्यहाँको विमानस्थलको अवस्था अस्तव्यस्त भएको छ ।