काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले नेपाली काँग्रेसले सरकार चलाउन नसक्ने बताएका छन्।
आज (शुक्रबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना बितिसक्दा समेत मन्त्रीपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना समेत गरेका छन् ।
शमशेरले ओली सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्नेले नै पार्टी फुटाउन पाउने गरी अध्यादेश ल्याएको उल्लेख गर्दै अध्यक्ष जबराले नेपाली काँग्रेसले तिन, चार महिनाको अन्तरालमा शासन चलाउन नसक्ने दाबी गरे ।
उनले भने, ‘त्यही मान्छे जसले पहिला केपी ओलीले ४० प्रतिशत भएदेखि पार्टी फोड्न पाइन्छ भन्दा खेरी त्यस्तो काम गर्नु हुँदैन अस्थिरता ल्याउँछ भनेर भनेको। त्यही पार्टीले २० प्रतिशतले पनि फुटाए हुन्छ भन्ने अध्यादेश ल्यायो। दुवै ठुला पार्टी, एउटा पार्टी त चकनाचुर नै भो। अर्को ठुला पार्टीले मलाई लाग्छ तिन, चार महिनाको दरमियानमा यो मुलुकमा उसले पनि शासन चलाउन सक्दैन । ’