२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआरएनएम युरोपको उपसंयोजकमा भीम केसीले उम्मेदवारी दिने

अ+ अ-

पोर्चुगल – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनमा किस्टानो रोनाल्डोको देश भनेर चिनिने पोर्चुगलबाट युरोपको उपसंयोजकमा भीम केसी (कमल), युवा संयोजक पदमा रोबर्ट लिम्बूले उम्मेदवारी दिने तयारीमा छन् ।

पोर्चुगलका पूर्वअध्यक्ष भीम केसी डेढ दशकदेखि एनआरएनए अभियानमा सक्रिय रहेका छन् । उनी एनआरएनए पोर्चुगलको अध्यक्ष, उपाध्यक्ष र सल्लाहकारका रूपमा समेत आफ्नो भूमिका निर्वाह गरिसकेका छन् । एनआरएनएको केन्द्रीयस्तरका विभिन्न समिति र कार्यदलमा रहेर काम गरेको उनीसँग अनुभव छ । पोर्चुगल र युरोपमा रहेका नेपाली आप्रवासीहरुको हकहित र अधिकार स्थापित गर्न निरन्तर काम गर्दै आएका छन्।

आप्रवासीसम्बन्धी कानुनमा सरलीकरणको लबिङ गर्दै पोर्चुगलका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलाई ज्ञापनपत्र पठाउने, पोर्चुगलको संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको संसदीय दलसँगको प्रत्यक्ष भेटघाट र छलफल सहभागी भई नेपाल एवं दक्षिण एशिया क्षेत्रकै आप्रवासीहरु समस्या समाधान गर्न केही हदसम्म भूमिका खेलेका थिए ।

बाग्लुङको जैमिनी नगरपालिका–२ मा जन्मिएका केसीले शिक्षा र व्यवस्थापनमा स्नातकोत्तर गरी १० वर्षसम्म शिक्षण एवं शिक्षा प्रशासनको उच्च सरकारी तहमा काम गरेका थिए । केसी हाल विश्वका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो जन्मेको पोर्चुगलको सुन्दर टापु मदेइरामा आफ्नै पर्यटन, ट्रान्स्पोर्ट र रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन्।

युरोप क्षेत्रीय संयोजकमा पोर्चुगलका लिम्बूले उम्मेदवारी गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ विश्व अधिवेशनको नजिकै गर्दा युरोप क्षेत्रीय संयोजकमा पोर्चुगलबाट रोबर्ट लिम्बूले उम्मेदवारी घोषणा गरेका छन् । युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको बताउने लिम्बूले युरोपेली मुलुकमा कार्यरत नेपाली युवाको सीपलाई नेपालका युवासम्म लैजाने र उनीहरुसँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजनाका साथ आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

पछिल्लो समयमा सङ्घको अभियानप्रति युवाहरू चासो नभएको युवा शक्तिलाई एकीकृत गर्दै युवाहरुलाई समेट्न आफूले युवामैत्री कार्यमा विशेष कदम चाल्नेसमेत उनले बताए । लिम्बू विगत १३ वर्षदेखि पोर्चुगलमा सफल युवा व्यवसायीको छुट्टै पहिचान बनाउँदै आएको छ । उनी एनआरएनए पोर्चुगल कार्यसमिति सदस्य, संरक्षक र सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् ।