२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेश सरकारलाई ८५ लाखको स्वास्थ्य सामग्री

अ+ अ-

गण्डकी । प्रतिमान निमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेश सरकारलाई कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिन् । प्रतिष्ठानले झन्डै रु ८५ लाख बराबरका गाउन आइसोलेसन, फेसशिल्ड, मास्क, एन–९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिइ सेट, इमर्जेन्सी रिलिफ शय्या, पन्जालगायतका सामग्री हस्तान्तरण गरेको हो ।

मुख्यमन्त्री पोखरेलले विश्वभर कोभिड–१९ को महामारी फैलिइरहेका अवस्थामा प्राप्त सहयोगको ठुलो महत्त्व हुने जनाउँदै सामग्रीको उचित सदुपयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारीलाई निर्देशन दिए । सीमित स्रोत साधनबाट प्रदेश सरकार सञ्चालन भइरहेको अवस्थामा दातृ निकाय, छिमेकी र मित्र राष्ट्र, विभिन्न सङ्घसंस्थाको सहयोगमा कोभिड नियन्त्रण र रोकथामको काम गर्दै आएको मुख्यमन्त्री पोखरेलले बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री अधिकारीले कोरोनाले आक्रान्त बनाएका बेला प्राप्त सहयोगको अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मीले विदेशबाट प्राप्त हुने सहयोग अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुनुपर्ने बताए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक थापाले पूर्व मन्त्री दीपक बोहोरा र उनकी दिदी पूर्व स्वास्थ्य सचिव विजया केसीले मातापिताका नाममा संस्था स्थापना गरेको जानकारी गराउँदै अमेरिकाका विभिन्न संस्थासँग पहल गरी स्वास्थ्य सामग्री मगाइएको बताए। झन्डै रु पाँच करोडका सामग्री चार्टर उडानमा नेपाल ल्याइएको र सात वटै प्रदेशमा यी सामग्री वितरण गर्ने कार्यक्रम रहेको उक्त अवसरमा जानकारी गराइयो ।