९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई हजार बढीले भत्ता नवीकरण गरेनन्

अ+ अ-

भजनी । कैलालीको टीकापुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको विवरण नवीकरणका लागि गत साउन ३ गतेदेखि ३२ गतेसम्म शिविर सञ्चालन गर्‍यो ।

प्रत्येक वडा तहमा स्थानीयलाई पायक पर्ने ठाउँमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले वार्षिक नवीकरण गर्नुपर्ने र वडा कार्यालयमा धेरै भिडभाड हुने भएकाले शिविर सञ्चालन गरेको थियो । नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको तथ्याङ्कमा शिविरबाट दुई हजारभन्दा बढीले आफ्नो भत्ता नवीकरण नगरेको पाइएको छ ।

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको तथ्याङ्कअनुसार अझै पनि दुई हजार १७६ व्यक्तिको भत्ता विवरण अद्यावधिक गर्न बाँकी छ । त्यसमा पनि वडा नं १ मा सबैभन्दा बढी छन् । अझै १ नं वडामा ८८३ ले भत्ता विवरण अद्यावधिक गराएका छैनन् । त्यस्तै वडा नं २ मा ३११, वडा नं ३ मा ९९, वडा नं ४ मा ७३, वडा नं ५ मा १८८, वडा नं ६ मा १३४, वडा नं ७ मा ११०, वडा नं ८ मा २८४ र वडा नं ९ मा ३१ जनाले आफ्नो भत्ता नवीकरण गराएका छैनन् ।

नगरपालिका पञ्जीकरण उपशाखा एमआइएस अपरेटर कुष्माखर जैशीले भत्ता नवीकरण म्याद भदौ मसान्तसम्म रहेकाले लाभग्राहीको सहजीकरणको लागि गाउँ गाउँमा शिविर सञ्चालन गर्दा पनि लाभग्राही नआउँदा कतै भोलि कोही छुट भएको अवस्थामा समस्या आउने भन्दै पुनः सूचना जारी गरेको बताए ।

‘हामीले लाभग्राहीलाई भदौ मसान्तसम्म वडा कार्यालयमा गएर भत्ता नवीकरण गर्न भनेर सूचना जारी गरेका छौँ, कोही छुट भएमा त्यसको जिम्मेवारी हामी हुने छैनौँ’, जैशीले भने, ‘भत्ता नवीकरण नभए एक वर्षका लागि राज्यबाट पाउने सुविधा बन्द हुनेछ, एक वर्षसम्म भत्ता नवीकरण गर्न छुटेकाले भत्ता पाउने छैनन् ।’

उनले कतिपयले भत्ता फारम अद्यावधिक गराउने र बैङ्कमा खाता खोलेर घर जाने गरेका कारण पनि सुविधाबाट वञ्चित हुने गरेको बताए । ‘भदौ १८ गतेसम्म हामीले नयाँ लाभग्राहीलाई आफ्नो बैङ्क खाता नगरपालिकाको पञ्जीकरण उपशाखामा टिपाउन पनि आग्रह गरेका छौँ’, उनले भने, ‘जसले भनेको समयसम्म आफ्नो खाता विवरण उपलब्ध गराउँदैन त्यसले पनि पाएको सुविधाबाट वञ्चित हुनुपर्ने छ ।’

नगरपालिकामा नौ हजार ३० जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । त्यसमा ज्येष्ठ नागरिक तीन हजार ९९०, ज्येष्ठ नागरिक दलित ९१५, ज्येष्ठ नागरिक एकल महिला ८५२, विधवा भत्ता लाभग्राही एक हजार ५९५, पूर्ण अपाङ्गता भएका व्यक्ति ९६, अति अशक्त अपाङ्गता भएका ३७४, दलित बालबालिका एक हजार ११८ र लोपोन्मुख जातिका ९१ लाभग्राही रहेको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखामा तथ्याङ्क छ । सोमा ३३६ जना नयाँ लाभग्राही चालू आर्थिक वर्षमा थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस