१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी एक नं पार्टी नबन्दासम्म स्थायित्व र विकास हुँदैन : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै गठबन्धनको सरकार विस्तार हुने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने बताएका छन् ।

पार्टी सम्बद्ध सर्लाही–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज पनि गठबन्धनको बैठक बसेको र भोलि पनि आवश्यक छलफल गरी निष्कर्ष निकालिने बताए ।

उनले आफ्नो पार्टीलाई एक नंको नहुँदासम्म देशमा स्थायित्व र विकाससमेत नहुने दावी गरे । अध्यक्ष प्रचण्डले भने, ‘तराई मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको हित र मुक्ति सम्भव छैन । माओवादीबाहेक अरू कसैलाई मत दिँदा परिणाम के हुँदोरहेछ भन्ने हामीले गएको तीन वर्षमा भोगिसकेका छौँ ।’

उनले केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा अहिलेसम्म राजनीतिक लडाइँ लडेर प्राप्त गरेको सबै उपलब्धि झन्डै गुमेको बताए । ‘केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा झन्डै सङ्घीयता जाने अवस्थामा पुग्यो गणतन्त्र झन्डै फेल हुने अवस्थामा पुग्यो’, अध्यक्ष प्रचण्डले भने ।

उनले माओवादीसँग अनावश्यक खेल खेलेका कारण ओली नेतृत्वको सरकार ढलेको र प्रदेश सरकारहरू पनि त्यस्तै अवस्थामा पुगेको बताए । उनले भने, ‘मैले माओवादी आगो हो, आगोसँग नखेल भनेर सावधान गराए पनि नटर्नेहरू पछारिए ।’

तराई मधेसमा माओवादी आन्दोलनका कारण जागरण पैदा तथ्य पेस गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पहिचान र अधिकारको लडाइँ हामीले लड्ने तर काम गर्ने कालु मकै खाने भालु भने जस्तै भयो ।’ कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै माओवादी प्रवेश गर्नेलाई अध्यक्ष दाहालले स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस