२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अबको १० वर्ष युवा पुस्ता लागिपरे मात्र देशको विकास :अर्थमन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

बुधबार ज्ञानकुञ्ज एजुकेसन फाउन्डेसन प्रालि भवनको शिलान्यास कार्यक्रममा अबको १० वर्ष नेपाल राष्ट्रको लागि महत्त्वपूर्ण रहेको बताउँदै उनले यही अवधिमा चुनौतिहरुलाई पन्छाउँदै प्रगतितर्फ अगाडि बढ्नुपर्ने बताए ।

उनले अहिलेको युवा पुस्ताले अबको एक दशक देश विकासका लागि समय ननिकाल्ने हो भने वृद्धावस्थामा देश विकास गर्छु भनेर पनि नसकिने धारणा व्यक्त राखे । अबको एक दशक नेपाल राष्ट्रको लागि महत्त्वपूर्ण घडी भएको बताउँदै अर्थमन्त्री शर्माले यो अवधिमा धेरै समस्याहरुलाई पन्छाउँदै विकास प्रगतितिर अघि बढ्नुपर्ने बताए ।

शर्माले प्रकृतिले दिएको सुन्दर उपहारले नेपाल भरिपूर्ण भएकोले शैक्षिक र सक्षम जनशक्ति तथा स्रोतको एकताबाट मात्रै देश विकास सम्भव हुने बताएका छन् ।

‘देश विकास गर्न हामीसँग भएको पर्याप्त साधन, स्रोत, जनशक्ति अहिले जे छ, नेपाल युवा बहुल जनशक्तिमा छ, यो १० वर्षको अवधिमा हामीले यो देशलाई विकास गर्न सक्यौँ भने यो एउटा अवसर हो, यदि यो १० वर्षको अवधि प्रयोग गर्न सकेनौँ भने क्रमशः अहिलेको युवा, प्रौढ हुँदै, वृद्ध हुँदै बुढाहरुको बाहुल्य हुने अवस्था सिर्जना हुन्छ, त्यति बेला हामी विकास गर्छौँ भनेर पनि, हाम्रो श्रम प्रयोग गर्छौँ भनेर पनि नसक्ने अवस्था सिर्जना हुन्छ,’ उनले भने ।

‘थुप्रै राजनीतिक परिवर्तनहरु भए, थुप्रै आन्दोलन, युद्ध सङ्घर्ष हामीले गर्‍यौँ, जनयुद्ध, जनआन्दोलन तमाम कुराहरु भए, त्यो केवल राजनैतिक परिवर्तन र राष्ट्र निर्माण र समृद्धिका लागि थिए,’ उनले भने ।

शर्माले युवाले देखेको देशको विकास र समृद्धिमा भ्रष्टाचार, राजनैतिक समस्या भइरहेकोले उनीहरु निराश भएको र अब त्यस्तो नैराश्य पैदा हुन नदिने आश्वासन दिए । अबको युवापुस्ताले देश विकास गर्ने जिम्मा अब आफ्नो भएको भन्ने कुरा सोचेर अघि बढ्नुपर्ने उनले बताए ।

शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर अघि बढ्ने क्रममा राजनीतिले लय छोड्न थालेको, प्रतिगमनको बाटो लिएपछि त्यस विरुद्ध अहिले जनता जुर्मुराएर राजनीतिलाई लयमा ल्याएको धारणा राखे । उनले देशमा उत्पादनमुखी अर्थतन्त्रको आवश्यकता रहेको भन्दै आफूसँग भएका स्रोत साधनहरुलाई प्रयोग गरेर आत्मनिर्भर बन्न सकिने बताए ।