काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको कार्यालय पाएको छ ।
सङ्घीय संसद् सचिवालयको एक नम्बर भवनको तेस्रो तलामा दलको कार्यालय राखिएको छ ।
संसद् सचिवालयले नेता नेपालको र राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाइदिएको छ ।
नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई निर्वाचन आयोगले यही भदौ ९ गते मान्यता दिएको थियो ।