२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको सीमा नजिकै २० भन्दा बढी म्यानमारका सेनाको मृत्यु

अ+ अ-

याङ्गोन । म्यानमारमा द्वन्द्वरत जातीय एक समूह र म्यानमारको सैनिकबीच चीनको सीमा नजिकै भएको झडप कम्तीमा २३ सरकारी सैनिकको मृत्यु भएको छ ।

फेब्रुअरीमा सैन्य विद्रोह भएदेखि म्यानमारमा चर्केको द्वन्द्वका कारण देशभर नै झडप र मृत्युका घटनामा वृद्धि भएको छ । म्यानमारको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेशनल डेमोक्रेटिक गठबन्धन (एनडीए) ले गत बर्षको नोभेम्बरमा सम्पन्न निर्वाचनमा ल्याएको मत परिणामलाई यहाँको सैनिक नेतृत्वले अस्वीकार गरेपछि देशभर एनडीए समर्थक नागरिक र सरकारी सुरक्षाकर्मीहरूबीच झडपहरू भइरहेका समय चीनको सीमा नजिकै सक्रिय अर्को विद्रोही समूहले उक्त आक्रमण गरेको बताइएको छ । उक्त समूहले पनि सैनिक विरोधी लडाईमा एनडीएलाई सघाउँदै आएको छ ।

उक्त समूहका प्रवक्ता तथा स्थानीय सञ्चारमाध्यमहरूमा आएका रिपोर्ट अनुसार अगस्त २८ मा सैनिकहरूले म्यानमार राष्ट्रिय डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडीएए) बाट आधार जफत गर्न खोज्दा शान राज्यको मोङकोमा मुठभेड भएको हो ।

“उनी (सैनिक)हरू हाम्रो आधार क्षेत्र कब्जा गर्न आएपछि झडप भएको छ । हाम्रो समूहले उनीहरूलाई पहाडको टुप्पोमा बसी प्रतिकार गर्दा केही सैनिकको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

विद्रोहीले सैनिक अघि बढेपछि आफ्नो आधार इलाकालाई जोगाउन प्रतिकार गरेका छौँ ,” भूमिगत दल एमएनडीएका प्रवक्ताले एएफपीलाई बताए । उनका अनुसार अगस्त २८ मा पन्ध्र जना सैनिक मारिएको र सेप्टेम्बर १ मा पुनः भएको झडपमा थप आठ जना को मृत्यु भएको छ भने उक्त घटनामा उक विद्रोही लडाकूको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

सेनाले अगस्त २८ मा भएको मोङकोमा एमएनडीएएसँगको लडाइँमा एक अधिकारी र अन्य दर्जाका केही कर्मचारी मारिएको पुष्टि गरेको छ भने पछिल्लो घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

म्यानमारमा २० भन्दा बढी जातीय विद्रोही समूहहरू छन् जसमध्ये धेरैले देशको सीमावर्ती क्षेत्रहरूमा इलाका राखेका छन् । स्वायत्तताको विषयमा अस्वस्थ संघर्ष गर्दै आउका उनीहरू मुनाफादायी औषधी उत्पादन तथा प्राकृतिक स्रोतसाधनको नियन्त्रणका लागि एकअर्काबीच वा सरकारी सेना विरुद्ध सङ्घर्ष गर्दै आएका छन् ।