२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरकोटमा होटल–पर्यटन तङ्ग्रिने अपेक्षामा

अ+ अ-

काभ्रेपलाञ्चोक । पर्यटकीय क्षेत्र नगरकोटका होटल व्यवसायीले कोरोनाविरुद्धको खोप लगाएका छन् । होटल व्यवसायी, होटल कर्मचारी र मजदूर तथा स्थानीय ६०० ले कोरोनाविरुद्धको खोप लगाएको नगरकोट–नाल्दुम पर्यटन विकास समितिले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक र समितिको समन्वयमा कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम कम भइरहेको हालको अवस्थामा दुवै मात्रा खोप लगाउन पाएपछि सुरक्षित महसुस भएको ब्यावसायी बताउँछन् ।

‘कोरोना सङ्क्रमणदर घटिरहेको अवस्थामा कोरोनाविरुद्धको खोप लगाउँदा सुरक्षित महसुस गरेका छौँ, अब पर्यटन तङ्ग्रेला कि’, समितिका सचिव एवं माउण्ट एभरेष्ट होटलका सञ्चालक प्रदीपजङ्ग अधिकारीले भने ।

उनका अनुसार होटल व्यवसायीसँगै नगरकोटका किराना पसल तथा तरकारी व्यवसायीसमेतलाई कोरोनाविरुद्धको खोप लगाएपछि नगरकोट ‘सुरक्षित छ’ भन्ने सन्देश दिन थालिएको छ । पछिल्लो केही हप्तादेखि कोरोना सङ्क्रमणको जोखिमकाबीच न्यून कर्मचारी÷मजदूर स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ सञ्चालन हुँदै आएका होटलमा आन्तरिक पर्यटक बढ्दै गएको मेरिल्याण्ड होटलका सञ्चालक गोकुल लामिछानेले बताए ।

उनले भने, ‘हाल शुक्रबार र बिदाको दिन पर्यटकको आगमन राम्रै छ, केही आवासीय तालिम कार्यक्रम हुन थालेका छन्, कोरोना घट्दै गएकाले बाह्य पर्यटक पनि आउलान् कि १’ उनका अनुसार बिदामा आउने पर्यटक र फट्टाफुट्ट हुने तालिम कार्यक्रमले जेनतेन होटल खर्च धानेको छ ।

नगरकोटमा रहेको ७० प्रतिशत होटल काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ मा पर्दछ भने बाँकी होटल भक्तपुरको चाँगुनारायण नपा–६ मा पर्दछन् । नगरकोटमा सानाठूला गरी १०० होटल छन् । यसमध्ये केहीमात्रै ‘फो–स्टार र थ्री–स्टार’का छन् । नगरकोटमा करिब दर्जन होटल निर्माणाधीन अवस्थामा रहेका छन् भने उही सङ्ख्यामा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको समितिका अध्यक्ष एवं भङ्गेरी दरबार होटलका सञ्चालक नवीन गुरुङले जानकारी दिए ।

उनका अनुसार नगरकोटमा पर्यटनका थप भौतिक संरचनाका काम धमाधम भइरहेको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमाक्षेत्रमा पर्ने नगरकोटको मुख्यचोक भट्टेडाँडामा बसपार्क निर्माणाधीन अस्वथामा रहेको छ भने पर्यटकीय सूचना केन्द्र तथा ‘सन–सेट पार्क’, झण्डा डाँडामा पार्कसहित ‘भ्यूज स्टेशन’ निर्माण थालिएको छ ।

साथै टावरसम्म सडक बत्ती, नयाँ गन्तव्यमा थप संरचना बनेपा नपा–२ मा हिले जलजलेमा ताल निर्माणसँगै नगरकोट टावरसँग जीपलाइन र हाइकिङ–टे«ल निर्माण गरिने योजना बनाइएको छ ।