२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशको विकासमा निजामती कर्मचारीको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री शाक्य

अ+ अ-

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देश विकासमा निजामती कर्मचारीको महत्वपूर्ण भूमिका रहने बताएकी छन् ।

निजामती सेवा दिवस, २०७८ का अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा आज हेटौँडामा आयोजित कविता वाचन तथा प्रवचन कार्यक्रमका अवसरमा उनले सबै तहका जनप्रतिनिधि र निजामती कर्मचारी मिलेर मुलुकको चौतर्फी विकासमा अघि बढ्नुपर्ने बताइन् । निजामती कर्मचारी र जनप्रतिनिधि मिलेर मात्र जनताले अनुभूति गर्ने गरी सेवामूलक काम गर्न सकिने मुख्यमन्त्री शाक्यको भनाइ थियो ।

उनले राजनीतिज्ञले कर्मचारीलाई असहयोग गर्यो भनेर दोष लगाउने, कर्मचारीले राजनीतिज्ञलाई दोष लगाउने गरिएकाले अबका दिनमा यस्ता कुरा सच्याउनुपर्ने बताइन्। दुवै पक्ष मिलेर छलफल गरेपछि समस्याको निकास निस्कने उल्लेख गर्दै उनले भनिन्, “दुवै पक्ष मिलेर छलफल गरौँ । एकै स्थानमा बसेर छलफल गरेपछि एकले अर्कालाई दोष थोपर्नु नै पर्दैन ।” निजामती कर्मचारी स्थायी सरकार रहेको भन्दै उनले निजामती कर्मचारीलाई परेका समस्या समाधान गर्नका लागि प्रदेश सरकार तयार रहेको उनले बताइन् ।

कार्यक्रममा मुख्यमन्त्री शाक्यले इन्द्रसरोवर स्मारिकाको विमोचन गरिन् । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत सुनिताकुमारी गजुरेल र उच्च अदालत पाटन हेटौँडा इजलासका अधिकृत राजकुमार लामिछानेले कविता वाचन गरेका थिए ।

निजामती दिवसकै अवसरमा मुख्यमन्त्री शाक्यले आज हेटौँडास्थित वनस्पति अनुसन्धान केन्द्रअन्तर्गतको वृन्दावन वनस्पति उद्यानमा वृक्षरोपण गरेकी छन् । उनले उद्यान परिसरमा पुगेर श्रीखण्डको बिरुवा रोपेकी हुन्।