२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीका चार जिल्लाको बिरामीलाई उपचार गर्न हेलिकोप्टर चार्टर्ड

अ+ अ-

म्याग्दी । गण्डकी प्रदेशको राजधानी पोखरासँग धवलागिरिका चार जिल्लाको सडक यातायात सम्पर्कबिच्छेद भएपछि जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पुर्‍याउने गरिएको छ ।

मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङअन्तर्गत पर्वतको डिमुवाबाट चुवाखण्डमा गत साता गएको पहिराले सडक अवरुद्ध बनाएपछि गम्भीर अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पुर्‍याउने गरिएको हो । भिरबाट लडेर घाइते भएका मालिका गाउँपालिका–६ दरबाङका राहुल आचार्यलाई बुधबार हेलिकोप्टरबाट पोखरा लगिएको थियो । बेनी अस्पतालले पोखरा सिफारिस गरेकी एक गर्भवतीलाई पनि हेलिकोप्टरबाट नै लगिएको थियो ।

सिन्धुलीमा निधन भएकी बेनी नगरपालिका–७ की तारादेवी गिरीको शव दाहसंस्कारका लागि बेनी ल्याउन हेलिकोप्टर चार्टर्ड गरिएको परिवारका सदस्यले बताएका छन् । सडक अवरुद्ध हुँदा गम्भीर अवस्थाका बिरामीलाई धवलागिरि क्षेत्र बाहिरका अस्पताल पु¥याउन हेलिकोप्टर चार्टर्ड गर्नुपरेको बेनीका अनोद श्रेष्ठले बताए ।

म्याग्दीमा बिरामी लैजान बुधबार र मङ्गलबार चार/चार पटक हेलिकोप्टरको प्रयोग गरिएको थियो । म्याग्दीबाट पोखरा पुग्न एकपटक हेलिकोप्टर चार्टर्ड गर्दा न्यूनतम रु एक लाख २० हजार खर्च गर्नुपर्छ । पहिरामा परेर पर्वतमा ११ जनाको मृत्यु भएको थियो ।

पर्वत खण्डको बिभिन्न ठाउँमा पहिराले विद्युत्, सडक र सञ्चारसँग सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेको छ । टावर ढलेपछि म्याग्दीको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, पाँच मेगावाट क्षमताको घलेम्दीखोला, १३।६ मेगावाट क्षमताको थापाखोला र १० मेगावाटको मोदी–१ जलविद्युत् आयोजना बन्द हुँदा करोडौँको नोक्सानी भएको छ ।

सडक अवरुद्ध हुँदा बजार क्षेत्रमा तरकारी, निर्माण र इन्धनको अभाव भएको छ । म्याग्दीको लेकाली क्षेत्रमा उत्पादन भएको आलु सडक अभावका कारण पोखरालगायत सहरमा बिक्री गर्न लैजान सकिएको छैन । इन्धन अभावका कारण सार्वजनिक यातायात र विकास आयोजना प्रभावित भएका छन् । म्याग्दीमा छवटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । चालु अवस्थामा रहेका बेनी–जोमसोम, बेनी–दरबाङ, मालढुङ्गा–बेनी सडक आयोजना पनि प्रभावित भएका छन् ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले चट्टानसहितको पहिरो र भासिएर अवरुद्ध बनेको सडक मर्मतको काम अन्तिम चरणमा पुगेको जनाएको छ । मोदीको पातीचौरबाट कुश्मातर्फ दुई, कुश्माबाट पातीचौरतर्फ दुई र बीचमा एकवटा स्काभेटर परिचालन गरेर सडक मर्मत भइरहेको छ ।