काठमाडौँ । पर्साबाट प्रहरीको घेरा तोडेर भागेका एक किशोरलाई पक्राउ गरिएको छ ।
अनुसन्धानका लागि थुनामा राखिएका १४ वर्षीय किशोर भदौ २२ मा उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जको शौचालयबाट भागेका थिए ।
सम्बन्धित समाचार : प्रहरीको हिरासतमा रहेका अभियुक्त अस्पतालबाट फरार
चितवन महानगरपालिका–३ घर भएका किशोरलाई भदौ १६ मा प्रहरीले पक्राउ गरेर थुनामा राखेको थियो । उनलाई डाइजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र नुर्फिन ७ एम्पुल सहित पक्राउ गरिएको र बिरामी भएपछि स्वास्थ्य जाँच गर्न लैजाँदा भागेको जिप्रका पर्साका डिएसपी ओम प्रकाश खनालले बताए ।
हिजो (सोमबार) भारततर्फ भाग्दै गरेको अवस्थामा उनलाई पक्रेर लागु औषध मुद्दामा अनुसन्धान जारी राखिएको डिएसपी खनालले बताए । किशोर टिबीका बिरामी थिए ।







