२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारी सञ्चारगृहको अक्षयकोषमा २२ लाख जम्मा

अ+ अ-

झापा । झापाली महिला पत्रकारहरुको छाता सङ्गठन नारी सञ्चारगृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा २२ लाख रकम जम्मा भएको छ ।

तीन वर्षअघि २५ लाख पुर्याउने लक्ष्यसहित स्थापना गरेको अक्षयकोषमा स्थानीय तह र विभिन्न दाताको सहयोगमा सो रकम जम्मा भएको संस्थाकी अध्यक्ष भीमा शिवाकाटीले बताइन् । काठमाडौँदेखि बाहिर जिल्लामा महिला सङ्गठित भएर स्थापना गरेको यो पहिलो पत्रकार महिलाको छाता सङ्गठन भएको उनको दाबी छ ।

विसं २०६९ मा जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको संस्थामा हाल ५२ जना पत्रकार महिला आवद्ध छन् । संस्थाले विगतदेखि नै महिलाको क्षमता अभिवृद्धिका लागि प्रदेश तथा जिल्लास्तरीय तालिम सञ्चालन गर्दै आएको छ । रेडियो, अनलाइन, पत्रिका र टेलिभिजनमा काम गर्दै आएका महिलालाई पत्रकारिता पेशामा टिकाइ राख्न, उनीहरुलाई दक्ष बनाउन र प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्नका लागि संस्थाले अक्षयकोष स्थापना गरेको अध्यक्ष शिवाकोटीको भनाइ छ ।

‘हामी लक्ष्यको नजिक पुगेका छौं’, उनले भने, ‘दुई तीन महिनाभित्रमा अक्षयकोषमा २५ लाख पुग्ने निश्चित भइसकेको छ । अब पत्रकार महिलालाई नै लक्षित गरेर आकर्षक पुरस्कार स्थापना गछौं ।’ उनले कोभिड १९ को सङ्क्रमणबाट धेरै पत्रकार महिलाले रोजगारी गुमाउनु परेको, काम गरिरहेका पत्रकारले पारिश्रमिक नपाइरहेको हुँदा उनीहरुलाई सम्बन्धित मिडिया हाउससँग समन्वय गरेर पारिश्रमिक दिलाउने र रोजगार गुमेका पत्रकारलाई स–सम्मान पुर्नवहालीका लागि संस्थाले पहल गरिरहेको बताइन् ।

संस्थाकी संस्थापक अध्यक्ष सावित्रा दाहालले छोटो समयमै संस्थाले उल्लेखनीय प्रगति गरेको बताइन् । उनले पत्रकारिता पेशा चुनौतीपूर्ण रहेको बताउँदै मोफसलको पत्रकारितालाई गुणस्तरीय र प्रभावकारी बनाउन संस्थाले पहल गर्नुपर्ने बताइन् । उनले अधिकांश पत्रकारिता औपचारिकतामै सीमित रहेको बताउँदै भनिन्, ‘खोज तथा अनुसन्धानमूलक समाचारतर्फ मोफसलका पत्रकार महिलालाई यो संस्थामार्फत अब्बल र दक्ष बनाउन प्रेरित गरिन्छ ।’

नेपाल प्रेस युनियनकी जिल्ला सभापति इन्दु पूर्वेलीले पत्रकारिता महिलाका लागि चुनौती र अवसर दुवै भएको बताइन् । उनले सञ्चारमा सहभागिता बढाउन, पत्रकार महिलाको भौतिक र पेशागत सुरक्षा गर्न यो संस्थाले विशेष भूमिका रहनुपर्ने बताइन् ।

रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोलले पत्रकार महिलाको लागि यो जिल्लाको मात्र नभइ देशकै एउटा गौरवको संस्था भएको बताइन् । उनले पत्रकार महिलाको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा समेत सहयोग पुगेको बताउँदै नयाँ पुस्तालाई समेत संस्थाले प्रोत्साहन गर्न ठूलो मद्दत पुगेको बताइन् ।