२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधुनिक प्रविधिको प्रयोगबाट राष्ट्रिय जनगणना

अ+ अ-

काठमाडौँ। केन्द्रीय तथ्याङ्क विभागद्वारा राष्ट्रिय जनगणना २०७८ लागि काठमाडौँका छ वटा स्थानीय तहमा आधुनिक प्रविधिको प्रयोगबाट जनगणना गरिने भएको छ ।

काठमाडौँ महानगरपालिका, दक्षिणकाली, कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन र तारकेश्वर नगरपालिकामा प्रविधियुक्त ट्याब्लेटको प्रयोगबाट जनगणना गर्न लागिएको हो ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनालाई प्रविधिमैत्री बनाउन र यस वर्ष प्रविधिको प्रयोग नमुनाका रूपमा काठमाडौँका छ वटा स्थानीय तहमा ट्याब्लेटको प्रयोग गरिएको जानकारी दिए ।

उनका अनुसार भदौ ३० देखि असोज १८ गतेसम्म भइरहेको घर तथा घर परिवारको सूचीकरण गर्ने कार्यमा पनि ट्याब्लेटकै प्रयोग भइरहेको छ । आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने मूल गणनामा पनि उक्त स्थानीय तहमा ट्याब्लेटको प्रयोग हुनेछ ।

काठमाडौँमा भएका जनगणनाका पाँच वटा कार्यालयमध्ये ‘क’ नम्बरको कार्यालयअन्तर्गत पर्ने शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बुढानीलकण्ठ र टोखामा भने अन्य स्थानमा जस्तै कागजकै फारम भरेर जनगणना कार्य हुँदै छ । विभागसँग सीमित मात्रामा ट्याब्लेट भएकाले अन्य सहरी क्षेत्रमा ट्याब्लेट प्रयोग गर्न नसकिएको विभागले जनाएको छ ।

गत भदौ ३० गतेदेखि भइरहेको घर तथा घरपरिवार सूचीकरण कार्यका लागि आठ हजार ५०० जना सुपरिवेक्षक खटिएको विभागले जनाएको छ । ती सुपरिवेक्षकले यस अवधिमा करिब ७० लाख घर तथा घरपरिवारको गणना गर्दै छन् । एक जना सुपरिवेक्षकले ८०० देखि एक हजार घर तथा घरपरिवारको तथ्याङ्क सङ्कलन गर्नुपर्छ ।

देश विकासको मेरुदण्डका रूपमा रहेको जनगणनामा आउने सुपरिवेक्षक र गणकलाई सही तथ्याङ्क उपलब्ध गराउनु सबैको दायित्व भएकाले सुपरिवेक्षकलाई आवश्यक सहयोग गर्न उनले आग्रह गरे ।

सरकारले यस वर्षको जनगणनाको नारा ‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने तय गरेको छ ।