१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समावेशी विकासमा विश्व बैंकको जोड

अ+ अ-

काठमाडौँ । कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्नका लागि नेपाललाई सघाउने प्रतिबद्धता दोहोर्‍याउँदै दक्षिण एसियाका लागि विश्व बैंकका वरिष्ठ अधिकारीले आज आफ्नो पाँच दिने नेपाल भ्रमण पूरा गरी कार्यस्थल फर्किएको छ ।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार बैंकका उपाध्यक्ष हार्टविग सेफरलगायत अधिकारीले नेपालको भौतिक पूर्वाधारको विकासमा गरेको सहयोगका विविध पाटोमा छलफल गरेका थिए। बैंकका वरिष्ठ अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासँग अलगअलग भेट गरेको थियो ।

उपाध्यक्ष सेफरले नेपालको कोभिड–१९ खोपको तिव्र विस्तार तथा आर्थिक पुनरुत्थानमा जोड सहितको कोभिड प्रतिकार्यको सराहना गरेका थिए । ती बैठकले सुधार कार्यान्वयन तथा द्रूत लगानी र नेपालको दिगो विकासका लागि उच्च सहकार्यको महत्वलाई जोड दिएका थिए ।

“विसं २०७२ को भूकम्पलगायत विविध आघातबाट थप सशक्तरूपमा माथि उठेको र कोभिड–१९ महामारीबाट पनि थप सबल पुनःनिर्माणका लागि एउटा स्पष्ट नीतिसहित काम गरिरहेको नेपाल वास्तवमै उत्थानशीलताको एउटा बलियो दृष्टान्त हो”, हार्टविग सेफरले भने ।

“विकासका लागि नेपालको साझेदार हुनुमा विश्व बैंक गर्व गर्छ र नेपालको हरित, उत्थानशील र समावेशी पुनुरूत्थानका लागि हामी सरकार, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, र अन्य प्रमुख सरोकारवाला मिलेर काम गर्न प्रतिबद्ध छौँ”, उनले थपे । नेपालको हरित, उत्थानशील र समावेशी विकाससम्बन्धी उच्चस्तरीय सम्मेलनको अवसरमा जारी गरिएको काठमाडौँ घोषणापत्रमा हस्ताक्षर गर्न विश्व बैंक नेपाल सरकार र विकास साझेदारको साथमा सहभागी भएको थियो ।

उक्त घोषणापत्रले ग्रिड भिजन प्रतिको नेपाल सरकारको प्रतिबद्धतालाई उजागर गर्दै सम्भावित प्राथमिकता लगानी, बजार प्रोत्साहन र नीति, संस्थागत कार्यलगायत क्षेत्र तथा ग्रिडतर्फको नेपालको यात्राका लागि आवश्यक सूचनासहित साझेदारको सहयोगलाई एकताबद्ध गरेको छ ।

उच्चस्तरीय टोलीले प्रस्तावित माथिल्लो अरूण जलविद्युत् आयोजना निर्माणस्थल तथा ढल्केबर सबस्टेशनको पनि भ्रमण तथा अवलोकन गरेको थियो । विश्व बैंकले प्रस्तावित माथिल्लो अरूण जलविद्युत् आयोजनाको विकासका लागि तथा नेपाल–भारत उच्च भोल्युमको सिमापार विद्युत् व्यापारलाई सहजीकरण गर्नका लागि नेपालकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनको लागि सम्भाव्यता अध्ययनमा सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस