१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करछली गर्ने सप्लायर्समाथि राजस्व कार्यालयको छापा

अ+ अ-

कर्णाली । आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एन्ड सप्लायर्समा छापा हानेको छ ।

कर छलेको सामान बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा राजस्व कार्यालयले हिजो (मङ्गलबार) साँझ सप्लायर्समा छापा हानेको हो ।

कार्यालयले कर छलेर ल्याएको २६१ प्याकेट झुम्का सुपर पावर र १४८ प्याकेट बल्ब छाप भएको सुर्तीसमेत बरामद गरेको कर अधिकृत खडानन्द खत्रीले जानकारी दिए।

कर छली गरी अवैध बाटोबाट सुर्खेत भित्र्याइएको ४०९ प्याकेट सुर्तीजन्य पदार्थ बरामद गरिएको कार्यालयका कर अधिकृत खत्रीले बताए । ‘विशेष सूचनाका आधारमा सप्लायर्समा छापा हान्दा हामीले राजस्वको स्टिकर टाँसेको भेटेनौँ’, कर अधिकृत खत्रीले भने, ‘नियन्त्रणमा लिइएको सामानबमोजिम आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाउँछौँ ।’

उनका अनुसार बरामद सामानको अनुसन्धान गर्नुको साथै थप छानबिनका लागि सञ्चालक लक्ष्मीप्रसाद भुसाललाई आज (बुधबार) कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

उक्त पसलमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत छापा हानेको थियो । छापा हान्दा ३१ बोरा म्याद सकिएको म्याङ्गो चकलेट जफत गरेको प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बताए ।

राजस्व कार्यालयले दोस्रो चरणको निषेधाज्ञामा समेत सप्लायर्सले अवैध सुर्ती बिक्री गरेको भेटिएपछि मुद्दा नै चलाइएको जनाएको छ ।

आन्तरिक राजस्व कार्यालयका अनुसार नेपाल प्रहरीको सहयोगमा गत आर्थिक वर्षमा अवैध सुर्ती जफतबाट झन्डै रु ६० लाख राजस्व सङ्कलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस