१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक विद्यालयका शिक्षकले तलब पाएनन्

अ+ अ-

सल्यान । सल्यानका विभिन्न सामुदायिक विद्यालयमा निजी स्रोतमा पढाइरहेका शिक्षकले तलवसुविधा नपाएको गुनासो गरेका छन् । भैरवी आधारभूत विद्यालयमा विगत १२ वर्षदेखि निजीस्रोतमा पढाइरहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि तलब नपाएकोले दैनिक गुजारा गर्न निकै समस्या भएको बताए । ‘विगत झैँ यो वर्षको चाड खल्लो हुने भयो । पारिश्रमिक आउने निश्चित नहुँदा थप अन्यौल थपिएको छ’, बुढाले भने ।

विज्ञान विषय पढाउँदै आएका बर्दियाका युवराज विष्टले दुई वर्षको पारिश्रमिक नपाएपछि विद्यालयबाट राजीनामा दिएर घर फर्किएको बताए । आफुसँगै तीन शिक्षकले तीन वर्षदेखि तलव नपाएको उनको दुखेसो छ । विगतमा नियमित पाउँदै आएको तलबभत्ता विगत एक वर्षदेखि रोकिएको जय नेपाल आधारभूत विद्यालयका शिक्षक तिलक बुढाले बताए । तलव नपाएपछि धेरै शिक्षकले छाडेर गएको भएपनि स्थानीय भएकाले विद्यार्थीको भविष्य हेरेर आफूले छोड्न नसकेको उनको भनाइ छ । ‘छोडेर जाने हो विद्यार्थीको भविष्य अन्योलमा पर्ने, नछोडौँ आफ्नो भविष्य अन्योलमा परी रहेको छ’, बुढाले भने ।

विद्यालय समुदायको स्वैच्छिक शुल्क र अन्य स्रोतबाट सञ्चालन भइरहेकाले निजी स्रोतमा पढाउने शिक्षक तलब बिहीन बन्नु परी रहेको प्रधानाध्यापक रामप्रसाद शर्माले जानकारी दिए । नगरपालिकामा धेरै पटक अनुदानको व्यवस्था गरिदिन आग्रह गरेपनि सुनुवाइ नभएको उनको भनाइ छ । ‘विद्यालय नै बन्द गर्ने अवस्था आयो भन्दा पनि विद्यालय बन्द गर्न नदिने तर सहयोग पनि आइरहेको छैन’, शर्माले भने ।

बनगाड कुपिण्डेमा सञ्चालन भएका अधिकांश आधारभुत विद्यालयमा पढाइ रहेका निजी स्रोतका शिक्षकले वषौंदेखि पारिश्रमिक पाएका छैनन् । जिल्लामा विद्यार्थी अनुसारका दरवन्दीमा शिक्षक नहुँदा विद्यालयले न्यूनतम पारीश्रमिकमा शिक्षक भर्ना गरेर पठनपाठन सञ्चालन गर्दै आएका छन् । तर विद्यालयमा आर्थिक स्रोत अभावका कारण निजी स्रोतका शिक्षकलाई तलव उपलव्ध गराउन नसक्दा शिक्षक मर्कामा पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस