२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको विकास गर्नुपर्छ : महामन्त्री डा. कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको आर्थिक विकास गर्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस धादिङ–काठमाडौँ सम्पर्क समितिले दसैँका अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा बोल्दै उनले जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भएको मुलुक नेपालले सोही चिजलाई उपयोग गरेर विकास गर्नुपर्ने बताएका हुन् ।

महामन्त्री डा. कोइरालाले काँग्रेसभित्रको गुठको अन्त्यका लागि आफूले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार दिन लागेको बताए । ‘काँग्रेसलाई एक ढिक्का बनाउनका लागि मेरो सभापति पदमा उम्मेदवारी रहन्छ’, डा. कोइरालाले भने ।

काँग्रेस धादिङका सभापति रमेश धमलाले पार्टीलाई नयाँ सोच र दृष्टिकोणबाट अगाडि बढाउन आवश्यक रहेको बताए । ‘काँग्रेसले पार्टीको नीति, सिद्धान्त र आदर्श विना कसैसँग सम्झौता गर्नु हुँदैन’, उनले भने ।

जनतालाई काँग्रेसप्रति ठुलो भरोसा र विश्वास रहेको उनको भनाइ थियो । काँग्रेस धादिङका पूर्व सभापति एवं पूर्व सांसद रामनाथ अधिकारीले पार्टीभित्र संस्कारको राजनीति हराउँदै गएको बताए । पार्टीको सिद्धान्त र विचार विपरीत काँग्रेस अगाडि बढेको उनको भनाइ थियो ।

सम्पर्क समितिका सभापति ईन्द्रप्रसाद काप्रीले पार्टीभित्र देखिएको गुठ उपगुठको अन्त्य नभएसम्म पार्टीले आगामी निर्वाचनमा जित हासिल गर्न नसक्ने बताए।