९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शक्तिको पछाडि विकास कुदने परम्पराले पछाडि पर्‍यौँ’

अ+ अ-

बनेपा । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुदने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन् । उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताइन् ।

नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले आज आयोजना गरेको दिपावली, छठ र नेपाल सम्बत्का अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै एकीकृत समाजवादीका सचिवसमेत रहेका उनले विकासका योजनाविना अनुसन्धान शक्तिशाली मान्छेले बोलेका भरमा विकास हुँदै आएकाले जीवनस्तरमा पार्ने फरकपनका बारेमा ध्यान नपुगेको उल्लेख गरिन् ।

उनले अहिले पनि मान्छेले सुने जानेका आधारमा लोकप्रियताका लागि स्मार्ट शहर भन्ने नै थाहा नभएर पनि त्यसैको गफ गरेर आफू भएका बेलामा बनाउनुपर्छ भनेर उपभोक्ता समिति बनाइहाल्ने र गरिहाल्ने स्थितिले समग्र देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भएको बताइन् ।

अबको दिनमा योजना आयोगमा प्रविष्ट भएका योजनामा मात्रै बजेटको विनियोजन भयो भने समयमा नै योजना पूरा हुने र त्यसको लाभांश छिट्टै नागरिक पाउने अवस्था सिर्जना गर्नेतर्फ आफुले सोच बनाएको मन्त्री झाँक्रीले बताइन् ।

सो क्रममा उनले बनिबनाउ पार्टीबाट विद्रोह गरी नयाँ पार्टी स्थापना गरेकाले नयाँ पार्टी निर्माणका काममा कठिन यात्रा गरिरहेको जनाउँदै पार्टीमा लामबद्ध भएकालाई आफुहरुले तय गरेको यात्रालाई सफल पार्न निरन्तर लागिरहन आग्रह गरिन्।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, नेपाली कांग्रेसका नगर सभापति रमेश हुमागाईं र नेकपा (माओवादी केन्द्र)का नगर कमिटी अध्यक्ष दिनदयाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस