१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम सरकारको नेतृत्वमा एकीकृत समाजवादीको दाबी

अ+ अ-

धनगडी । नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने भन्दै प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ।

प्रदेशभित्र आगामी दिनमा गर्ने कार्यक्रमबारे जानकारी दिन सोमबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा पार्टीकी प्रदेश इन्चार्ज गरिमा शाहले नेतृत्व फेरिनुपर्ने माग गरेकी हुन्।

‘अहिले प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व हाम्रै पार्टीले गर्नुपर्छ। यसबारे अध्यक्ष माधवकुमार नेपालसँग कुरा भएको छ। हामीले लिखित माग पनि गरेका छौं,’ उनले भनिन्।

गठबन्धन सरकारलाई एकीकृत समाजवादीको साथ रहे पनि बहुमतको आधारमा प्रदेशको नेतृत्व परिवर्तन हुनुपर्ने माग पार्टीले अघि सारेको उनले बताइन्।

सोही अवसरमा एकीकृतसमाजवादीले कात्तिक २० गते जिल्लाभित्र कमिटी गठन, पुनर्गठन एवम् विस्तार, पार्टीको संगठित सदस्यता पाएको पुरानै मितिलाई कायम गरेर मंसिर २० गतेसम्म सदस्य नवीकरण गरिसक्नुपर्ने जानकारी दिएको छ।

यसैगरी, पुस मसान्तसम्म एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य बनाएर अभियानकै रुपमा सञ्चालन गर्ने, मंसिर ३ गते प्रदेशस्तरीय कार्यकर्ता भेलाको आयोजना धनगढीमा गरिनेलगायत कार्यक्रमसमेत सार्वजनिक गरेको छ।

एकीकृत समाजवादीले प्रदेश कमिटीका पदाधिकारीको कार्य विभाजनसमेत गरेको छ।

संगठन विभाग प्रमुखमा शेरबहादुर कुँवर, पार्टी स्कुल विभाग प्रमुखमा हर्कबहादुर सिंह, प्रदेश कार्यालय व्यवस्थापन प्रमुखमा दिनेशचन्द्र सुवेदी, कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुखमा दीर्घ सोडारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा तारा लामा तामाङ तथा महिला फाँट प्रमुखमा माया भट्टलाई चयन गरिएको पार्टीका सचिव दिनेशचन्द्र सुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस