२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा भर्खरै गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी १५ दिनको अन्तरालमा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएर जनतालाई मारमा पारेको भन्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । “ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको मूल्यवृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णयप्रति नेविसङ्घ खेद व्यक्त गर्दछ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेविसङ्घका महामन्त्री दिपक भट्टराईले जनतालाई राहत दिने समयमा पेट्रोलियम पदार्थको मूल्य बढाइएको भन्दै उक्त मूल्यवृद्धिप्रति सरकारले हस्तक्षेप गरी उक्त निर्णय खारेज गर्नुपर्ने बताए । नेविसङ्घले नेपाल आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानबिन र नियन्त्रण गर्न माग गरेको छ । मूल्यवृद्धि खारेज नगरे नेविसङ्घले कडा आन्दोलन गर्नेसमेत विज्ञप्तिमार्फत जनाएको छ ।