२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दरबाङ–म्याग्दी खोला जलविद्युत् आयोजनाको निर्माण सुरु

अ+ अ-

म्याग्दी । प्रवासीको म्याग्देलीको अगुवाइमा मालिका गाउँपालिकामा दरबाङ–म्याग्दी खोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ ।

धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैर आवासीय नेपालीको लगानीमा २५ मेगावाट क्षमताको सो आयोजना निर्माण सुरु गरेको हो । हङकङ, दक्षिण कोरिया, जापान, बेलायत, अमेरिकालगायत देशमा रहेका प्रवासी, उद्योगी व्यवसायी र स्थानीयवासीको लगानीमा आयोजना निर्माण गर्न लागिएको लिमिटेडका अध्यक्ष विनोद कुँवरले बताए ।

‘विदेशमा आर्जेको सीप, पुँजी र प्रविधि ल्याएर आयोजना बनाउन लागिएको हो’, उनले भने, ‘बाध्यताले अवसरको खोजीमा बिदेसिए पनि आफ्नो ठाउँको विकासमा लगानी भित्र्याएर जलविद्युत् आयोजना बनाउन लागेका हौँ ।’

गैर आवासीय नेपाली सङ्घ दक्षिण कोरियाका पूर्व अध्यक्ष र म्याग्दी प्रवासी नेपाली सङ्घका पूर्ववरिष्ठ उपाध्यक्षसमेत रहेका कुँवरले यस आयोजनामा एनआरएनदेखि स्थानीय वासीसम्मको लगानी रहेको बताए ।

विसं २०७६ मङ्सिरमा तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले शिलान्यास गरेको सो आयोजना निर्माणको तयारी भइरहेका बेला कोरोना (भाइरस)को महामारी फैलिएपछि निर्माणले गति लिन सकेको थिएन । विसं २०७७ को बाढी पहिरो र दोस्रो लहरको कोरोनाले पनि आयोजनाको निर्माण कार्यमा असर पारेको थियो ।

आयोजनाका इन्जिनियर प्रकाश शाहीले पहुँच मार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प व्यवस्थापन सकेर सुरुङको अडिट निर्माण सुरु गरिएको जानकारी दिए ।

‘गोज्जामा अडिट नम्बर २ को पोर्टन निर्माण भइरहेको छ’, उनले भने, ‘बाँध र विद्युत् गृह निर्माणको तयारीमा छौँ ।’ मालिका गाउँपालिका–७ बिम र धौलागिरि गाउँपालिका–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने गरी पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ ।

चार वटा अडिटबाट सुरुङ खनिने भएको छ । बाँध र आउट लेटसँगै तोलाबाङमा ६०० मिटर पहुँच मार्ग खनेर त्यहाँबाट पनि दुईतर्फ सुरुङ खन्ने तयारी छ । आयोजनाको दिगोपनका लागि पूर्ण पक्की सुरुङ बनाइनेछ ।

दुख बेँसीमा रहने आउटलेटको १०० मिटर हेडमार्फतबाट बालौटेमा निर्माण हुने पावर हाउसमा पानी खसालेर विद्युत् उत्पादन गरिने भएको छ ।

आयोजना नजिकै बिमको डाँडा खेतमा सब स्टेसन निर्माण सुरु भएको छ । सानिमा बैङ्कको नेतृत्वमा प्रभु, कुमारी, सेन्चुरी, मुक्तिनाथ, ओभ डेभलपमेन्ट र महालक्ष्मी विकास बैङ्कका गरी तीन अर्ब ५० करोड ऋण लगानी गर्ने सम्झौता पनि भएको छ ।

आयोजनाबाट असर पर्ने क्षेत्रका बासिन्दालाई पनि लगानीको अवसर दिइने प्रवर्द्धकले बताएका छन् । कूल पाँच अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवर्द्धक र सर्वसाधारणको सेयर लगानी रहने भएको छ ।

असर पर्ने क्षेत्रका लगानीकर्ता र प्रवद्र्धकबीचको विवादका कारण २०७१ फागुनमा आयोजनाको काम सुरु हुन सकेको थिएन । आगामी तीन वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।