२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युएइसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त

अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्सँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आगामी सन् २०२३ मा हुने टि २० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।

आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आज नेपाल युएईसँग ४८ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । त्यस्तै युएई भने अपराजित रहँदै एसिया क्षेत्रबाट आगामी वर्ष हुने टि २० ग्लोबल छनोटमा पुगेको छ ।

१२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ४ ओभरमा जम्मा ७९ रन समेटियो । नेपालकी इन्दु बर्माले २० बलमा १ चौकासहित १५ रन बनाइन् भने सीता रानामगरले ८ बलमा ३ चौकासहित सर्वाधिक १३ रनमा आउट भइन् । इन्दु र सीताबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

त्यस्तै कविता कुँवर ४, रुविना क्षेत्री बेलबासे २, सरिता मगर ८, कविता जोेशी १ र करुणा भण्डारी २ रनमा आउट भए भने काजल श्रेष्ठ ८, अप्सरी बेगम ४ तथा करुणा भण्डारी २ रनमा आउट भए ।

बलिङतर्फ युएईकी समायरा धरणीरकाले ४ विकेट लिइन् भने खुसी शर्मा र चमानी सेनेविरत्नेले २–२ विकेट लिए । चया मुगलको नाममा १ विकेट लिए ।

त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ मा टस हारेर ब्याटिङ पहिले व्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । युएईकी चमानी सेनेवित्नेले सर्वाधिक ५२ रनको योगदान दिइन भने थ्रीथा सतिसले ४७ रन जोडिन । काभिसा इगोडागेले २२ रन जोडिन् ।

नेपालका कविता कुँवरले २ विकेट लिइन् भने सबनम राई, सीता रानामगर र सङ्गीता राईले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।

त्यस्तै नेपालले आफ्नो तेस्रो खेलमा कुवेतलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

युएई ५ खेलमा १० अङ्कका साथ ग्लोबल छनोटमा पुगेको छ । नेपाल ५ खेलमा ३ मा जीत र २ मा हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा रह्यो ।