२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदनभण्डारी लोकमार्ग निर्माणमा देखिएका समस्याबारे सरोकारवालासँग छलफल

अ+ अ-

सिन्धुली । मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा देखिएका समस्याका विषयमा आज सिन्धुलीमाढीमा सरोकारवाला निकायसँग छलफल गरिएको छ ।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले उक्त लोकमार्गसँग सम्बन्धित व्यक्ति तथा संस्थाका पदाधिकारीसँग छलफल गरेको हो ।

छलफलमा स्थानीयवासी छत्र बम्जनले राजमार्ग निर्माणमा आफूहरूले अवरोध नगरेको बताए । उनले भने, ‘हिजो राजमार्ग विस्तार किन भएन, थाहा छैन, फेरि अहिले के गरी सुरु भयो त्यो पनि जनतालाई थाहा छैन । यहाँ राज्यले जनतालाई झुक्याउने र छल्ने काम गरिरहेको छ ।’

अहिले ११ मिटर सडक विस्तार गर्ने भनिएको छ तर राजमार्ग ११ मिटरको मात्र हुन्छ रु उनले प्रश्न गरे । सडक ११ मिटरसम्म बनाउँदा हामी खुसी छौँ तर सडकसँग जोडिएका जग्गाका नक्शापास गर्न र धितो राख्नका लागि बैङ्कले सकार्ने हो भने सडक निर्माणमा आफूहरुले अवरोध सिर्जना नगर्ने बताए ।

जग्गामा घर बनाउन, बिक्री वितरण गर्न र धितो राख्न नपाउने हो भने ३३ मिटरकै सडक विस्तार गरियोस् र आफूहरुलाई मुआब्जा दिइयोस् बम्जमको माग थियो ।

यस्तै सविता कोइरालाले अधिकार प्राप्तिका लागि लडिरहेका व्यक्तिलाई समितिले जानकारी नै नदिई कार्यक्रम गर्नु दुःखद भएको बताइन् । सर्वसाधारणलाई विकास विरोधीको बिल्ला भिराउनुभन्दा उनीहरुका माग सम्बोधन राज्यले गर्नुपर्नेमा उनले जोड दिइन्।

घर टहरा, जग्गा र फलफूलका बिरुवाको उचित मुआब्जा दिएर सडक विस्तार गर्नुपर्नेमा पनि स्थानीयवासी कोइरालाले जोड दिइन् । छलफलमा कल्याणी खड्काले आयोजना निर्माणमा पूर्व तयारी र छलफल नगर्दा वर्षैसम्म पनि आयोजना सम्पन्न नहुने प्रमुख कारण रहेको बताइन् ।

स्थानीयवासीसँग पर्याप्त छलफल गरेर आयोजना निर्माणका प्रक्रिया थालनी गर्नुपर्नेमा त्यसो नहुँदा विवाद बढ्नाका साथै निर्माणमा पनि ढिलाइ भएको उनको भनाइ थियो ।

सहरलाई मात्र सुविधा दिँदा र जनताको माग अनुसारका आयोजना सञ्चालन नगर्दा विवाद समाधानमै चुनौती रहेको र भएको सहर बजार नै विस्थापित गर्नु दुःखद भएको स्थानीयवासी खड्काले बताए ।

वाग्मती प्रदेशसभा सदस्य प्रदीप कटुवाल, विनोद खड्का, नेकपा ९एमाले० कमलामाई नगर कमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, नेपाली काँग्रेसका दीपक मिश्र, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सूर्य पाख्रिनलगायतले स्थानीय जनताको भावना कदर गर्न सुझाव दिएका थिए ।

विकास निर्माणका कार्यमा लामो समयदेखिको अन्योल हटाउन र समस्या समाधानका लागि सहयोग गर्न स्थानीयवासीसँग उनीहरूले आग्रह गरेका थिए । आयोजनाले स्थानीयवासीसँग समन्वय नगरी सडक निर्माण गर्दा विवाद सिर्जना भएकाले अव विवाद छिटै समाधान गरिनुपर्ने ती प्रतिनिधिको भनाइ थियो ।

मदन भण्डारी लोकमार्गको हेटौँडादेखि सिन्धुलीमाढीसम्म ११५ किलोमिटरमध्ये कमलामाई नगरपालिका क्षेत्रमा छ किलोमिटर सडक विस्तारमा वर्षौँदेखि विवाद कायमै छ ।

राजमार्गको १०२ किलोमिटर सडक कालोपत्र भइसकेको छ, भने अब एउटा पुल निर्माण गर्न बाँकी छ । स्थानीयवासीले सङ्घर्ष समिति नै गठन गरेर निर्माण कार्यमा अवरोध सिर्जना गर्दै आएका छन् ।

धुरा बजारदेखि खट्टारसम्म राजमार्ग विस्तार गर्दा मानव बस्ती नै विस्थापित हुने भएकाले राजमार्ग निर्माणमा आफूहरूको मनोभावनालाई समेटनुपर्ने उनीहरुको माग थियो