काठमाडौँ। कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा कम्प्युटर चोरी भएको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै भिडियो समेत सार्वजनिक गरेका छन् ।
उनका अनुसार बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर फरार भएको सीसी क्यामेरा फुटेजबाट देख्न सकिन्छ ।
घटनाबारे प्रहरीमा उजुरीसमेत दिइसकिएको पुनले बताएका छन् ।





