२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन

अ+ अ-

नवलपुर । आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झन्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ ।

कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा रु एक अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको हो ।

कार्यालयले कात्तिक मसान्तसम्म रु पाँच अर्ब ८१ करोड ४२ लाख ६६ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु सात अर्ब ७६ करोड ३१ लाख ७१ हजार राजस्व सङ्कलन गर्न सफल भएको अधिकारीले जानकारी दिए ।

कार्यालयले सङ्कलन गरेको राजस्व लक्ष्यको तुलनामा १३३ दशमलव ५२ प्रतिशतले हुन आउने उनले बताए । कार्यालयले सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा असुली गरेको छ ।

प्रथम चौमासिकमा अन्तःशुल्क शीर्षकमा रु पाँच अर्ब ५६ करोड ५२ लाख ४८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएको कार्यालयले रु सात अर्ब ४८ करोड ९४ लाख ८६ हजार राजस्व सङ्कलन गरेको अधिकारीले बताए ।

त्यस्तै कार्यालयले आयकर शीर्षकमा रु १३ करोड ९७ लाख ८७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा रु नौ करोड ८८ लाख १२ हजार, ब्याज शीर्षकमा रु एक करोड ७६ लाख १८ हजार, स्वास्थ्य सेवा शीर्षकमा रु एक करोड आठ लाख ७० हजार, घरबहाल कर शीर्षकमा रु ६५ लाख ३५ हजार तथा शिक्षा शीर्षकमा रु ६३ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले स्वास्थ्य सेवा शीर्षकमा लक्ष्यको तुलनामा ३९२ प्रतिशत, आयकरमा लक्ष्यको तुलनामा १५३ प्रतिशत र अन्तःशुल्क शीर्षकमा १३४ प्रतिशत प्रगति हासिल गरेको छ ।

त्यसै गरी घरबहाल कर, ब्याज, मूल्य अभिवृद्धि कर र शिक्षा शीर्षकमा भने कार्यालयले लक्ष्यअनुसारको प्रगति भेटाउन नसकेको अधिकारीले बताए। कार्यालयले घरबहाल करमा ८९ प्रतिशत, मूल्य अभिवृद्धि करमा ८० प्रतिशत, ब्याजमा ७५ प्रतिशत र शिक्षामा तीन प्रतिशत मात्रै प्रगति हासिल गरेको अधिकारीले बताए ।

आन्तरिक राजस्व कार्यालय कावासोतीले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को राजस्व सङ्कलन गर्दै आएको छ । कावासोतीमा आन्तरिक राजस्व कार्यालय स्थापना हुनु अगाडि यहाँका करदाताले आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा राजस्व दाखिला गर्नुपर्ने बाध्यता थियो ।