२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको कतै पनि चुनाव लड्ने ठाउँ छैन : चौधरी

अ+ अ-

रुकुम । नेकपा (एकीकृत समाजवादी)का लुम्बिनी प्रदेश पार्टी अध्यक्ष मेटमणि चौधरीले नेकपा एमालेको अब कतै पनि चुनाव लड्ने ठाउँ नरहेको बताएका छन् । आज रुकुमकोटमा नेकपा (एकीकृत समाजवादी)को जिल्ला भेलालाई सम्बोधन गर्दै उनले भने, ‘चुनाव लड्नका लागि पार्टीको एजेण्डा, विचार जीवित हुनुपर्छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको यात्रा भनेको पार्टी नीति, सिद्धान्त र एजेण्डाविहीन अवैधानिक हो ।’

ओली प्रधानमन्त्री हुँदा पनि पटक-पटक असंवैधानिक कदम चालेकाले अब एमालेको कतै पनि चुनाव लड्ने ठाउँ नरहेको उनको भनाइ थियो । ओलीले असंवैधानिक कदम चाल्नुका साथसाथै आसेपासेको पालनपोषणमा मात्र लागि परेकाले आफूहरु एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन बाध्य भएको चौधरीले बताए ।

उनले भने, ‘पार्टीमा रहेर ओलीलाई सुध्रिन पटकपटक सल्लाह, सुझाव र अवसर पनि दियौँ, पार्टीभित्रको विद्रोहले ओली परिवर्तन नभएपछि बाध्य भएर हामी विद्रोहबाट नयाँ पार्टी निर्माण गरी राष्ट्रलाई सही दिशामा हिँडाउन अगाडि बढ्यौँ, अहिले हामी त्यो यात्रामा छौँ ।’ अब एमाले चुनावका लागि जनताको माझमा जाने वातावरण नभएको भन्दै उनले केपी ओलीले देखाएको व्यवहार जनताले छर्लङ्गै बुझिसकेको बताए ।

अब सबै कम्युनिष्ट पार्टी एकताबद्ध भएर जान लागेको पनि उनको भनाइ थियो । एमाले पार्टी सुक्दै जाने र अन्य कम्युनिष्ट पार्टीसँग एकता गरेर देशमा सबैभन्दा ठूलो पार्टी निर्माण गर्ने सङ्कल्पका साथ एकीकृत समाजवादी अगाडि बढिसकेको उनले बताएका छन् ।