२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माथिल्लो स्यांगे आयोजनाको विद्युत उत्पादन सफल परीक्षण

अ+ अ-

लमजुङ । यहाँस्थित माथिल्लो स्यांगे जलविद्युत आयोजनाबाट २.४ मेगावाटको विद्युत् उत्पादन सफल परीक्षण भएको छ ।

मस्र्याङ्दी गाउँपालिका वडा नंं ४ मिप्रामा रहेको सो आयोजनाको हालै विजुली उत्पादन परीक्षण सफल भएको हो ।

आयोजनाका प्राविधिक सोम तामाङका अनुसार गत असोज १५ मा सो आयोजनाको निर्माण सम्पन्न भइ गत मङ्सिर २२ गतदेखि परीक्षण सुरु गरिएको छ ।

उनले भने, ‘उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न नेपाल विद्युत प्राधिकरणसँग पत्राचार भइसकेको छ । सिभिल संरचना तथा जडान भएका उपकरणकोे हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरणको परीक्षण सफल भएको हो । ’

निर्माण शुरु गरेको चार वर्षमा निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाले विसं २०७६ जेठभित्र नै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएपनि कोरोना महामारी र सडकका कारण ढुवानीमा समस्या भएकाले निर्माण अवधिमै सम्पन्न हुन नसकेको बताइएको छ ।

विसं २०७४ देखि आयोजनाको निर्माण अघि बढेको थियो । आयोजनाको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १२ किलोमिटर दूरीमा रहेको खुदी सबस्टेसनमा जोडिने प्राविधिक तामाङले जानकारी दिए ।

आयोजनाबाट वार्षिक १४.६१६ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । त्यस्तै हिउँदमा २.८६८ र वर्खायाममा ११.७४८ गिगावाट घण्टा विद्युत् उत्पादन आयोजनाले जनाएको छ ।

आयोजना ५० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको अपर स्यांगे हाइड्रोपावर लिमिटेडले जनाएको छ ।