२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्छु : मन्त्री चौधरी

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको १४औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएका खानेपानी तथा सरसफाइमन्त्री चौधरीले आज लैनचौर ब्याङ्क्वेटमा आयोजना गरेको ‘धन्यवाद ज्ञापन’ कार्यक्रममा उनले आफूले पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्ने विश्वास दिलाए ।

‘तपाईहरूले मलाई जुन विश्वासका साथ पार्टीको सहमहामन्त्रीमा निर्वाचित गर्नुभएको छ र सरकारमा मन्त्रीका रूपमा पठाउनुभएको छ, त्यस अवसरलाई म खेर फाल्दिन’, उनले भने । मन्त्री चौधरीले पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौँमा ल्याएर काठमाडौँवासीलाई खुवाउने सपना देखेका उक्त सपनालाई आफूले अस्थायी रूपमा भए पनि पूरा गर्न लाग्ने बताए । खानेपानी जनताको मौलिक हक भएकाले यसलाई पूरा गर्ने दायित्व सरकारको भएको उनको भनाइ थियो ।

कांग्रेस नेता प्रदीप पौडेलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र १४औँ महाधिवेशनले बलियो बनाएको बताए । ‘कांग्रेसको १४औँ महाधिवेशनमा पार्टीमा नीति र विचारभन्दा व्यक्तिको बीचमा प्रतिस्पर्धा भयो, जुन दुःखद कुरा हो’, उनले भने । पार्टीको आन्तरिक प्रतिस्पर्धामा हारजित हुन्छ महाधिवेशनमा विजेताले उपविजेतालाई सँगै लिएर अगाडि बढेमात्र पार्टी बलियो हुने उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य तारामान गुरुङले कांग्रेसको नयाँ नेतृत्वले पार्टीलाई अझै सशक्त र बलियो बनाएर अगाडि बढ्नुपर्ने बताए । अर्को केन्द्रीय सदस्य मञ्जु यादवले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गर्नेगरी कांग्रेसले सङ्गठन अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।