२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुला–तिङ्कर सडकमा ७५० मिटर ट्र्याक खुल्यो

अ+ अ-

काठमाडौँ । महाकाली करिडोर अन्तर्गत दार्चुला–तिङ्कर सडकमा ७५० मिटर ट्र्याक खुलेको छ । सरकारले सेनालाई ७५ किमी ट्र्याक खोल्न जिम्मेवारी दिएकोमा गत मङ्सिर मसान्तसम्ममा चार मिटर चौडाइको सो सडक खुलाइएको हो ।

महाकाली नदी किनारै किनार र केही भित्री भाग हुँदै निर्माण हुने सो सडक निर्माणले स्थानीयवासीको जनजीवन सजिलो हुने अपेक्षा गरिएको छ । सरकारले गत वर्ष वैशाख १४ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार कोठेघर–तिङ्कर सडक सेनालाई दिएको थियो ।

सुरुमा लम्बाइ ८७ किमी रहेकोमा सर्वेक्षणपछि ७५ किमी मात्रै भएको सेनाको विकास निर्माण निर्देशनालयका प्राविधिक सहायक रथी कमलविक्रम शाहले बताए। सेनाले गत माघ २८ गते क्याम्प निर्माण गरेको थियो ।

दार्चुला सदरमुकाम खलङ्गाबाट ४० किमीमाथि सुनसरा र ६० किमीमाथि पर्ने दुम्लिङमा क्याम्प निर्माण भइसकेको निर्देशनालयले जनाएको छ । कोठेधारदेखि दुम्लिङसम्म पाँच ठाउँमा ‘कम्प्रेशर मेसिन’ प्रयोग गरी सडक खोल्ने काम भइरहेको प्राविधिक सहायक रथी शाहले बताए ।

यी ठाउँमा माल गाउँमा दुई, सक्नेरीमा एक, फुल्सिङमा एक र दुम्लिङमा एक रहेको छ । सडक रेखाङ्कन महाकाली नदीको किनारमा भएकाले अधिकांश स्थानमा ब्लाष्टिङ गर्दा ढुङ्गाको टुक्रा सीमापारी जानु समस्याका रुपमा रहेको उनले बताए ।

कूटनीतिक रुपमा समन्वय गर्दा निर्माणअघि बढाउन सजिलो हुने उनको भनाइ छ । दार्चुला–तिङ्कर सडकमा पर्ने सुनसेरादेखि कोठेधार सात किमी सडक विभागबाट निर्माण भइरहेको थियो । सडक विभागले ठेक्कामार्फत ट्र्याक खुलाउन सुरु गरेकामा अहिलेसम्म तुसारपानीसम्म मात्रै ट्र्याक खोलिएको छ ।

तीन किमी ट्र्याक खोलिएकामा बाँकी चार किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई नै दिँदा काम चाँडो गर्न सकिने प्राविधिक सहायक रथी शाहले बताए ।

तुसारपानीबाट कोठेधारसम्मको खण्डमा ट्र्याक खोल्न बाँकी हुँदा सेनालाई आवश्यक सामग्री र बन्दोबस्तीका सामान ढुवानीमा गाह्रो भएको छ । उनले भने, ‘दार्चुला–टिङ्कर सडक भौगोलिक रुपमा विकट र कठिन भुवनोटका कारणले निर्माण सामग्रीको उपलब्धता र ढुवानी गर्न गाह्रो भएको छ ।’

चालू आवमा सो योजनाको बजेट रु २२ करोड ५० लाख रहेको थियो । चालू आवमा नै दार्चुला व्यास गाउँपालिका–१ मा पर्ने छाङ्ग्रुमा एउटा क्याम्प स्थापना गर्ने लक्ष्य सेनाको रहेको छ ।

चालू आवभित्रै सात किमी नयाँ ट्र्याक खोल्ने लक्ष्य लिइएको छ । चार मिटर चौडाइको तीन किमी र छ मिटर लम्बाइको चार किमी ट्र्याक खोल्ने लक्ष्य लिइएको हो । उनले भने, ‘त्यहीअनुसार काम भइरहेको छ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले ब्रम्हदेबदेखि तिङ्करसम्म ४२५ किमी सडकमा ८७ किमी सेनालाई दिइएको बताए । सेनाले काम गरिरहेको बाहेक बाँकी खण्डमा विभागले ठेक्कामार्फत सडक निर्माण अघि बढाएको छ ।

विभागले निर्माण गरिरहेको सडक सेनालाई ८७ किमी काम गर्न पनि पहुँचमार्ग भएको र अहिलेसम्म त्यो नसकिँदा सेनालाई काममा बाधा पुगेको उनले बताए ।

सेना आफैले ट्र्याक खोल्दा चाँडो हुने भएकाले अहिले ठेक्का तोडेर सेनालाई जिम्मेवारी दिन लागिएको छ । उनले भने, ‘मेरो टेबुलसम्म फाइल आइपुगेको छ, अब सेनालाई नै जिम्मेवारी दिने गरी निर्णय हुनेछ ।’

सो सडकमा निर्माणका क्रममा बजेटको अभाव हुन नदिइने सचिव श्रेष्ठले बताए । सडक सकेसम्म सरकारको योजनाअनुसार नै चौडाइ कायम गराउनुपर्नेमा उनको जोड छ । सडक विभागले कम्तीमा सात मिटर चौडाइ बनाएपछि सेनाले निर्माण गरिरहेका सडकमा चौडाइ कम रहेको पाइन्छ ।

सेनाले सडक निर्माण सकाएर गाडी गुड्न थालेपछि विस्तार यातायात अवरुद्ध गर्नुपर्ने हुँदा गार्हो हुने उनले बताए । उनले भने, ‘सेनाले नै ट्र्याक खोलेका पाँच छ मिटर चौडाइमा अहिले विभागले सात मिटरमा विस्तार गरिरहेको छ ।’