२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रवाह बुलेटिन विमोचन

अ+ अ-

पाल्पा । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा प्रकाशित प्रवाह बुलेटिन महासङ्घका केन्द्रीय महासचिव रोशन पुरी र शाखा अध्यक्ष रेखीराम रानाले विमोचन गरेका छन् ।

पाल्पा शाखाको ३०औँ स्थापना दिवसका अवसरमा प्रकाशित बुलेटिन स्थानीयदेखि राष्ट्रियस्तरका सञ्चारमाध्यममा देखिएका समस्या र समाधानसम्बन्धी लेख समावेश गरिएको छ ।

प्रवाहमा पाल्पाका सञ्चारमाध्यमको विवरण, महासङ्घका गतिविधि र सदस्यको विवरण समावेश गरी प्रकाशन गरिएको जिल्ला अध्यक्ष रानाले बताए । स्थापना दिवसकै अवसरमा महासङ्घ पाल्पा शाखामा योगदान गर्ने संस्थापक र पूर्व जिल्ला अध्यक्षलाई सम्मान गरिएको थियो ।

महासचिव पुरी र शाखा अध्यक्ष रानाले १८ संस्थापक र दुई पूर्व अध्यक्षलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरे । पत्रकार मेघराज शर्माको नेतृत्वमा पत्रकार महासङ्घको शाखा स्थापना गरी पाल्पाली पत्रकारलाई संस्थागत गरिएको थियो । शाखाको नियमित गतिविधि प्रकाशन तथा प्रसारण गर्न सहजताका लागि वेबसाइट सञ्चालनमा ल्याइएको छ ।

महासचिव पुरीले प्रेस स्वतन्त्रता र नागरिकका हक अधिकारका पक्षमा महासङ्घ सधैँ लडिरहने बताए । प्रेस स्वतन्त्रता रहे मात्र नागरिकका अधिकार सुनिश्चित हुने बताउँदै उनले आफूहरू प्रेस स्वतन्त्रताको पक्षमा उभिएको बताए ।

संस्थापक अध्यक्ष शर्माले पाल्पा शाखा स्थापना गर्न २० सदस्य नपुगेर गुल्मीबाट एक पत्रकार ल्याएर गठन गरिएको अनुभव सुनाए । उनले महासङ्घ पाल्पा शाखाका अध्यक्षहरूले केही न केही नमुना काम गरिरहेको बताए ।