२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एमालेको सबै जिल्ला अधिवेशन आज

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ७७ जिल्ला अधिवेशन आज (शुक्रबार) हुँदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयमा स्थापित ‘एक्सन रुम’ बाट जिल्ला अधिवेशनको उद्घाटन एवं सम्बोधन गर्ने कार्यक्रम छ ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट देशभरका जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन एवं सम्बोधन गर्नेछन् ।

यसअघि एमालेले देशभर एकै दिन वडा अधिवेशन र पालिका अधिवेशन सम्पन्न गरेको थियो । सो अधिवेशनमा पनि अध्यक्ष ओलीले केन्द्रीय एक्सन रुमबाटै उद्घाटन एवं सम्बोधन गरेको थियो ।

यसै गरी, काठमाडौँ जिल्ला अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको एमाले काठमाडौँले जनाएको छ । मूलपानीस्थित क्रिकेट मैदानमा हुने काठमाडौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एक लाख कार्यकर्ता सहभागी गराउने लक्ष्यसहित तयारी पूरा भएको काठमाडौँ जिल्ला अध्यक्ष कृष्ण राईले बताए ।

अध्यक्ष राईका अनुसार, काठमाडौँ जिल्ला अधिवेशनका लागि काठमाडौँका ११ पालिका, १३८ वडा र १० निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् ।

उद्घाटन कार्यक्रम क्रिकेट मैदानमा भए पनि बन्दसत्र राष्ट्रिय सभागृहमा शनिबार हुने जनाइएको छ । उद्घाटन कार्यक्रमअघि थली, मूलपानीको पीपलबोट र नारायणटारलगायत स्थानबाट र्‍याली निकालिने अध्यक्ष राईले जानकारी दिए ।