२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालीले बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्नुपर्छ: कामपा प्रमुख शाक्य

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नेपालीले आफूलाई बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्न सक्नुपर्ने बताएका छन् ।

कामपा–१५ किमडोलस्थित किमडोल बहालमा शाक्य धिता नेपालको ध्यान भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

‘बुद्ध धर्मको मर्मलाई प्रवर्द्धन तथा प्रचारप्रसार गर्न काठमाडौँ महानगरपालिकाले थेरवादी तथा बज्रयानी विहारको निर्माण, पुनर्निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहयोग गरेको छ । बुद्धको दर्शनलाई प्रवर्द्धन गर्न यो सरकारका तर्फबाट लगानी हो,’ शाक्यले भने, ‘बुद्ध दर्शनका लागि विश्वका धेरै देशहरूले लगानी गरेका छन् । त्यस प्रकारका लगानी नेपालमै पनि छन् । यस बेला नेपालले पनि लगानी गर्नुपर्छ भनेर हामी अगाडि बढेका हौँ ।’

बहालभित्र करिब तीन हजार ५०० वर्ग फिट क्षेत्रफलमा साढे तीन तले भवन निर्माण हुनेछ । यसका लागि काठमाडौँ महानगरपालिकाले करिब ७६ लाख अनुदान उपलब्ध गराउनेछ । उपभोक्ताको पाँच प्रतिशत सहभागिता रहनेछ ।

कार्यक्रममा शाक्य धिताका पदाधिकारीहरूले महानगरपालिकाबाट प्राप्त सहयोगको प्रशंसा गरेका थिए । उनीहरूले महानगरले सरकार भएको अनुभूति दिएको छ भन्दै प्राप्त सहयोगलाई उपासक उपासीकाको सहजताका निम्ति पूर्वाधार तयार पारिने बताए ।

‘बुद्ध दर्शनको प्रवर्द्धन घटेका बेला यस बहालबाट प्रवर्द्धनका योजना गरिन्थे । प्रचारप्रसार र प्रवर्द्धनका काम हुन्थे’, बहालमा रहेका गुरुमाहरू इन्द्रावती र मेत्तावतीले यसको प्राचीनताको साइनो देखाउँदै भने ।