२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैनिक १८ घण्टा विद्युत् भार कटौती

अ+ अ-

सिमकोट । हुम्लाको दुई वटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत् भार कटौती गर्दै आएको छ ।

लामो समयसम्म विद्युत् भार कटौतीको मारमा पर्दै आएका यहाँका नागरिकलाई विद्युत् नियमित नहुँदा दैनिक जीवन यापनमा समस्या झेल्नुपरेको छ ।

पाँच सय किलोवाट क्षमताको उक्त आयोजनाले हिउँदका समयमा पानीको अभाव देखाउँदै सिमकोटमा लामो सयमसम्म विद्युत् भार कटौती गर्दै आएको हो । दिनमा १८ भन्दा बढी विद्युत् भार कटौती हुन थालेपछि यहाँका स्थानीयवासीले विरोध पनि जनाउन थालेका छन् ।

उता उक्त आयोजनाले भने पानीको अभावका कारण माग अनुसार विद्युत् आपूर्ति गर्न सकेको जनाएको छ ।

विद्युत् कटौतीको मारमा उद्योग व्यवसायी

जिल्ला सदरमुकाम सिमकोट र आसपासका गाउँपालिकामा ७० भन्दा बढी उद्योग व्यवसायीले नेपाल सरकारको इजाजत पत्र लिएर उद्योग सञ्चालन गर्दै आएका छन् ।

एक दशकभन्दा लामो समयदेखि अठार घण्टासम्मको विद्युत् भार कटौतीले जिल्लाका उद्योग व्यवसायी सङ्कटमा परेका छन् । हेल्दुम जलविद्युत् कार्यालयको कार्य तालिकाबिना विद्युत् भार कटौती गरेकोले आफूहरूको व्यवसायमा झान समस्या भएको गुनासो गर्दै आएका छन् । विद्युत् सेवा नियमित नहुँदा महसुल उठाउन नसकेपछि आयोजनाका कामदारलाई पछिल्लो समयको तलब दिनसमेत समस्या भएको सञ्चालक कृष्णबहादुर हमालले बताए ।

विद्युत् अभावमा कार्यालयका काममा समस्या

विद्युत् सेवा नियमित नहुँदा सदरमुकाममा रहेको सिमकोट गाउँपालिकासहित सरकारी तथा गैर सरकारी कार्यालयका कामकाजमा पनि असर परेको छ ।

समयमै विद्युत् सेवा उपलब्ध नहुँदा प्रशासनिकदेखि अन्य काम गर्न कठिन भएको र अति आवश्यक काममा पनि बाधा पुग्ने गरेको सरोकार व्यक्तिको गुनासो छ ।

इलोक्ट्रोनिक पसलकामा असर

सिमकोटमा रहेका इलोक्ट्रोनिक पसलमासमेत विद्युत् भार कटौतीको असर परेको छ । उनीहरूले विद्युतबाट प्रिन्ट, फोटोकपी, इमेल फ्याकलगायत काम गर्न कठिन भएको सदरमुकामस्थित कालिन्चोक इलोक्ट्रोनिक पसलका सञ्चालक सुनमति सिंहले बताए । नियमित विद्युत् नहुँदा पसलमा सेवा लिन आउने सेवाग्राहीलाई समयमै सेवा दिन नसकेको उनको गुनासो थियो ।

एसइई विद्यार्थीलाई अध्ययनमा बाधा

एसइई तयारी गरिरहेका विद्यार्थीलेसमेत विद्युतको भार कटौतीको मार खेपिरहनु परेको छ । अठार घण्टासम्म विद्युत् भार कटौती हुँदा राति अबेरसम्म पढ्न समस्या हुने गरेको विद्यार्थीको गुनासो छ । प्रायजसो दिनमा र राति १० बजेसम्म विद्युत् नहुँदा आफूहरूले यसको मार खेप्नुपरेको उनीहरूको भनाइ थियो ।

पढ्नका लागि उज्यालो चाहिन्छ तर १० बजेपछि विद्युत् आउँदा निन्द्रा लागिसक्छ यसरी ढला गरी विद्युत् आउँदा पढाइमा समस्या भएको एसइई तयारी गरिरहेका सुशील बोहराको गुनासो थियो ।

पानी कम भएकाले लोडसेडिङ बढेको हो

केन्द्रका दुई हजार १०० भन्दा बढी ग्राहक रहेको उक्त आयोजनामा पानीको स्रोत कम भएकै कारण २०६५ सालमा सञ्चालनमा आएदेखि नै आयोजनाले विद्युत् भार कटौती गर्नुपर्ने बाध्यता आइपरेको विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए ।

पाँच सय किलोवाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएको उक्त आयोजनाको पावर हाउसमा दुई वटा उपकरण जडान गरिएका छन् तर दुवै उपकरणबाट विद्युत् उत्पादन भने हुन सकेको छैन ।

अहिलेसम्म अधिकतम ३२० किलोवाट मात्र विद्युत् उत्पादन भएको उनले जानकारी दिए । बत्ती बाल्नका लागि लक्षित यस आयोजनाबाट उद्योगका लागि विद्युत् आपूर्ति गर्न नसकिएको आयोजनाले जनाएको छ ।