२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अलैँची उत्पादनमा वृद्धि: किसानले भने पाएनन् उचित मूल्य

अ+ अ-

खोटाङ । जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो । उत्पादनमा वृद्धि भए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्त्वपूर्ण नगदे बालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् ।

कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेको कारण अलैँची खेतीमा हौसिएर जिल्लाका किसानले अलैँची उत्पादन वृद्धि गर्न थाले पनि अहिले भने जस्तो उचित मूल्य पाउन नसक्दा अलैँची उत्पादक किसान निराश बन्न थालेका हुन् ।

विगतका वर्षमा रु तीन हजारदेखि तीन हजार ५०० प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले रु ८७५ देखि एक हजारसम्म मात्र बिक्री हुने गरेको किसानको भनाइ छ ।

मौसम अनुकूल र रोगको प्रकोप कम भएका कारण यो वर्ष जिल्लामा अलैँचीको उत्पादन बढेको केन्द्रका सूचना अधिकारी एवम् कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।

जिल्लामा अलैँची खेतीका लागि उपयुक्त १४ हजार दुई हेक्टर क्षेत्रफलमध्ये यो वर्ष १० हजार ६४ हेक्टर जग्गामा लगाइएको थियो । खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँची बिक्रीबाट जिल्लामा वार्षिक रु तीन करोडभन्दा बढी रकम भित्रिने गरेको छ ।

यहाँ उत्पादित अधिकांश अलैँची निकासी भइसकेको छ भने कतिपय निकासीको चरणमा छ । कतिपय किसान अलैँचीको बजार भाउ बढ्ने र त्यही मौकामा बिक्री गर्ने योजनामा पनि छन् ।

अलैँची खरिद गर्नका लागि ठेकेदारले ट्याक्टर लिएर किसानका घर–घरमा पुग्ने गरेका छन् । केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागे पनि यसको व्यावसायिक खेतीप्रति किसानको आकर्षण भने घटेको छैन ।

केही रोपनी जग्गाबाट अलैँची खेती सुरु गरेका किसानले वर्षेनी अलैँची खेतीको क्षेत्र बिस्तार गरिरहेका छन् । कतिपयले जग्गा भाडामा लिएर समेत अलैँचीको व्यावसायिक खेती सुरु गरेका छन् ।

अन्नबालीका लागि दिनरात खट्नुपर्ने तथा अलैँचीका लागि थोरै समय दिँदा पनि मनग्य आम्दानी हुने भएपछि जिल्लाका किसान अलैँची खेतीप्रति आकर्षित भएका हुन् ।

पहिला–पहिला अलैँचीको मूल्य राम्रो भएका कारण आर्थिक आम्दानीको लागि अलैँची खेतीमा लागेका किसान हिउँद, बर्खा दुःख ऋणपान गरेर भए पनि अलैँची उत्पादन गर्‍यो, तर यसको उचित मूल्य नपाउँदा उनीहरु अहिले निराश भएका छन् ।