२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना प्रयोगशाला नसर्दा पक्षी प्रयोगशाला प्रभावित

अ+ अ-

चितवन । कोरोना सङ्क्रमण सुरु भएदेखि राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशालामा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला नसर्दा पक्षीरोगको परीक्षण गर्न समस्या भएको छ ।

पक्षीको पिसीआर प्रभावित हुँदा बर्डफ्लूजस्ता रोगको पहिचानमा कठिनाइ भएको हो ।

नेपालमा बर्डफ्लू रोग देखापरिसकेको अवस्थामा पोल्ट्रीको राजधानीका रूपमा परिचित यहाँको राष्ट्रिय प्रयोगशालामा परीक्षणको काम गर्न नपाउँदा काठमाडौँ पठाउनुपर्ने बाध्यता छ ।

सरोकारवालाले मानव स्वास्थ्यलाई मात्रै प्राथमिकता दिएका कारण पक्षीको पिसीआर प्रयोगशाला सञ्चालनमा ध्यान नपुगेको हो ।

राष्ट्रिय पक्षीरोग प्रयोगशाला भरतपुरमा पक्षीको पिसीआर प्रयोगशाला रहेको कक्षमा विसं २०७६ चैतदेखि भरतपुर अस्पतालको कोभिड प्रयोगशाला सञ्चालनमा रहेको छ ।

प्रयोगशालाका प्रमुख डा चेतनारायण खरेलका अनुसार अस्पतालको मुख्य पिसीआर उपकरणबाहेक अन्य सबै उपकरण र ठाउँ प्रयोगशालाकै प्रयोग भइरहेको छ ।

प्रयोगशाला सञ्चालन गर्न नपाउँदा कुखुरामा लाग्ने एभिएन इन्फ्लून्जा र एलाइजाजस्ता रोगको परीक्षण प्रभावित भएको उनले बताए ।

प्रयोगशालाले दुई पटक भरतपुर अस्पताललाई ठाउँ खाली गरिदिन पत्राचार गरिसकेको छ भने सरोकारवाला निकायमा बोधार्थसमेत पठाएको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला बर्डफ्लू नियन्त्रण समितिको बैठकमा तत्काल प्रयोगशाला स्थानान्तरण गर्ने विषयमा निर्णय भए पनि काम नभएको उनले जानकारी दिए ।

यहाँ परीक्षण हुन नसक्दा सङ्कलन भएको नमुनालाई प्रयोगशालाले केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँ पठाउँदै आएको छ । कार्यालयमा तीन चिकित्सकसहित १२ कर्मचारी छन् । प्रयोगशाला सञ्चालन नहुँदा कर्मचारीको समग्र कार्यक्षमता नै प्रभावित भएको खरेल बताउँछन्।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी प्रयोगशाला स्थानान्तरणका लागि गृहकार्य भइरहेको बताउँछन् । प्रयोगशालाले तीन महिनाभित्र स्थानान्तरण गरे हुने जनाएकै कारण ओमिक्रोन भेरियन्ट बढेको समयमा स्थानान्तरण नगरिएको अधिकारीले बताए । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले प्रयोगशाला सर्ने कुरा भएको जनाउँदै अझै नसरेको भए तत्काल आफूले अस्पतालसँग कुरा गर्ने बताए ।