काठमाडौँ । चितवन राइनोजका ओपनिङ ब्याट्सम्यान कामिल मिशाराले काठमान्डु गोर्खाजविरुद्ध शतक बनाएका छन् ।
एनपीएल अन्तरगत जारी एलिमिनेटर खेलमा उनले आक्रामक ब्याटिङ गर्दै ५३ बलमा शतक बनाएका हुन् । यसक्रममा उनले ८ छक्का र ४ चौका प्रहार गरे ।
एनपीएलमा शतक बनाउने उनी पाँचौ खेलाडी हुन् । यसअघि एन्ड्रीस गोउस, मार्क वाट, आडम रोसिङ्टन र युवराज सामराले शतक बनाएका छन् । शतक बनाउने सबै विदेशी खेलाडी हुन् ।





