२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोबाइल बैङ्किङ र वालेटमा अन्तरआवद्धता लागू गर्न राष्ट्र बैङ्कको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई अन्तरआवद्धता सेवा लागू गर्न निर्देशन दिएको छ । एउटा सेवा प्रदायकबाट अर्को सेवा प्रदायकलाई भुक्तानी गर्न सक्ने गरी प्रणाली बनाउन राष्ट्र बैङ्कले निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैङ्कको सो निर्देशनसँगै अब कुनै वालेट जस्तै ई सेवाबाट अर्को वालेट खल्तीमा पैसा पठाउन सकिनेछ । एउटा वालेटबाट अर्को कम्पनीको वालेटमा रकम पठाउन सकिने व्यवस्था यस अघि अनिवार्य थिएन । यस्तै व्यवस्था क्यूआरका लागि पनि लागू हुने राष्ट्र बैङ्कले बताएको छ ।

क्युआर कोडमा ९५ प्रतिशत भन्दा ठुलो हिस्सा फोन पेको मात्रै थियो । अर्को कम्पनी स्मार्ट क्यूआरको सबै ठाउँमा सेवा विस्तार भइसनक्सदा भुक्तानीमा सर्वसाधारणलाई समस्या हुने गरेको थियो ।

फोन पेको क्युआर र स्मार्ट च्याइसको क्युआर एक अर्कामा अन्तरआवद्धता नहुँदा भुक्तानीमा अप्ठेरो पर्ने गरेको थियो । अब एकले अर्काको क्युआर सहजै स्वीकार गर्नुपर्नेछ ।

यसका लागि ६ महिनाको समय दिएको राष्ट्र बैङ्कले जनाएको छ । ६ महिनाभित्र सबै कम्पनीहरूले सम्झौता गरी एक अर्कामा अन्तरआवद्धता भइसक्नु पर्ने र कुनै कारणले हुन नसके राष्ट्र बैङ्कलाई जानकारी गराउन समेत निर्देशन दिइएको बैङ्कले जनाएको छ ।