२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्द भएको छोटी भन्सार सञ्चालनमा आउन सकेन

अ+ अ-

भजनी । कैलालीको भजनी नगरपालिका वडा नं ५ मा रहेको पृथ्वीपुर छोटी भन्सार विगत दुई वर्षदेखि बन्द छ ।

कोरोनाको सङ्क्रमण बढेपछि पहिलो चरणको बन्दाबन्दीसँगै बन्द भएको उक्त छोटी भन्सार सबै सिमानाका खुला भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

छोटी भन्सार बन्द हुँदा भन्सार कार्यालयको परिसर पनि निकै नाजुक अवस्थामा पुगिसकेको छ । कार्यालय परिसरमा झारपात उम्रनुका साथै भवन संरक्षणको अभाव देखिएको छ ।

सरकारले भारतसँग सिमा जोडिएका सबै सिमानाका खुला गर्ने निर्णय गरे पनि बन्द भएको उक्त भन्सार सञ्चालनमा नआउँदा त्यहाँबाट सङ्कलन हुँदै आएको राजस्व पनि बन्द भएको छ ।

खक्रौलास्थित सत्ती भन्सार कार्यालयको मातहतमा रहेको उक्त छोटी भन्सार बन्द हुँदा त्यस क्षेत्रबाट चोरी तस्करीका घटनासमेत बढ्दै गएका छन् ।

भन्सार कार्यालय खुला हुँदा कम्तीमा पनि स्थानीयवासीले ल्याउने घरायसी सामानको भन्सार महशुल तिरेर ल्याउने गरेका थिए ।

भजनी नगरपालिका– ५ का सुरेन्द्र चौधरी भन्सार तथा आसपासका क्षेत्रमा रातिको समयमा निकै हलचल हुने गरेको बताउछन् । ‘यस क्षेत्रबाट चोरी तस्करीको सामान निकै आयात हुनेगरेको छ । त्यो सत्ती भन्सार कार्यालय, प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिलाई पनि राम्रोसँग थाहा छ’, उनी भन्छन्, ‘सबै तस्करसँग मिलेका छन् । कसैले केही बोल्ने कुरै भएन । कहिलेकाहीँ बार्गेनिङ नमिलेपछि मात्रै एक्सन लिने काम हुन्छ ।’

सत्ती भन्सार कार्यालयका प्रमुख विमलकुमार साह कोरोनाका कारण पहिलो चरणको बन्दाबन्दीका समयमा बन्द भएका देशभरका कुनै पनि छोटी भन्सार सञ्चालनमा आउन नसकेको बताउछन् ।

भन्सार विभागबाट छोटी भन्सार सञ्चालनमा ल्याउनका लागि अख्तियारी नआएका कारणले पनि छोटी भन्सार सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ।

‘हामीले चाहेर पनि भन्सार खुला गर्न सक्दैनौ । विभागको अख्तियारी चाहिन्छ । त्यो अख्तियारी अहिलेसम्म आएको छैन’, भन्सार प्रमुख साह भन्छन्, ‘कुनै पनि छोटी भन्सार सञ्चालनमा आएका छैनन् । अख्तियारी आएपछि हामीलाई भन्सार सञ्चालनमा ल्याउन कुनै कठिनाइ छैन ।’

‘छोटी भन्सार बन्द भएकै कारण चोरी तस्करीका घटनामा वृद्धि भएको भन्नु गलत हो तर राजस्व सङ्कलन भने बन्द भएको छ । वार्षिक करिब ४० लाखभन्दा भन्दा बढी राजस्व सङ्कलन छोटीबाट हुँदै आएको देखिन्थ्यो । दुई वर्षदेखि त्यो राजस्व सञ्चालन हुन सकेको छैन’, उनी बताउछन्, ‘ घरायसी सामान ल्याउनेबाट सामान्य भन्सार भए पनि सङ्कलन हुने गरेकामा अहिले त्यसको निगरानी गर्ने कोही छैन । भन्सार बन्द हुँदा व्यावहारिकरुपमा घरायसी सामान ल्याउन बन्द गर भन्न पनि सकिँदैन ।’