२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्दुरे रोगले कफीका बोट सुक्न थाले

अ+ अ-

पाल्पा । पाल्पामा कफीखेतीमा सेतो गबारो र सिन्दुरे रोग देखिन थालेको छ । ती रोगले कफीका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।

कफी व्यवसायी सङ्घ पाल्पाका संयोजक कमलराज खनालले यसवर्ष कफीका बोटमा सिन्दुरे र गबारो रोग देखिएको र यसका बोट सुकेर जान थालेको जानकारी दिए ।

जिल्लामा गत वर्ष झण्डै १५ टन कफी उत्पादन भएको थियो । गत आवमा अत्यधिक चिसोका कारण कफी उत्पादन कमी भएको कफी उनले बताए । तानसेन छापका किसान भीमबहादुर मिधुनले सुकेको कफीको बोट काटेर हेर्दा हाँगाका किरा भेटिएका जानकारी दिए ।

कफीखेती छाहरीमा गरिने छाहरीको अभावका चिसोले समस्या देखिएको बताइएको छ । कफीखेतीबाट आम्दानी लिन तीन–चार वर्ष कुर्नुपर्ने बाध्यता रहेको र लगानीअनुसार प्रतिफल नभएपछि किसान विस्थापि हुन थालेका छन् ।

कफीखेती गर्ने युवा वैदेशिक रोजगार, तराईमा बसोबास झर्दा ज्याला मजदुरी गर्नेको अभाव भएको छ । व्यावसायिकरूपमा कफी गर्दा २० मा एक किलो बिक्री गर्नुपर्ने बाध्यता थियो तर अहिले प्रतिकिलो ९० मा गाउँबाटै बिक्री हुन्छ । राम्रो आम्दानी हुने भएपछि गाउँले व्यावसायिकरूपमै यसतर्फ आकर्षित भएको स्थानीयवासी यमबहादुर थापाले बताए ।

जिल्लाको आठ पालिकामा व्यावसायिक कफी उत्पादन, सङ्कलन, बजारीकरणको पहुँच विस्तार गरिएको छ । जिल्लाका आठ स्थानीय तहमा १६३ हेक्टर क्षेत्रमा व्यावसायिकरूपमा कफीखेती हुन्छ। कफीका बोटलाई रोगले आक्रमण गरेपछि यसको उत्पादन वृद्धिमा समस्या देखिएको छ ।