२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारको आन्दोलनले न्यायालय शुद्धीकरण सुरुआत भएको छ: अध्यक्ष श्रेष्ठ

अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारको आन्दोलनले न्यायालय शुद्धीकरणको सुरुआत भएको बताएका छन् ।

बारले न्यायालयको शुद्धीकरणको आन्दोलन सुरुको भएको १०० दिन पुगेको अवसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी बारले आन्दोलन सुरु गरेपछि गोला प्रक्रियाबाट मुद्दाको सुनुवाइ हुने महत्वपूर्ण भएको बताए ।

न्यायालयमा गोलाप्रक्रियाबाट मुद्दाको पेसी तोक्नुपर्ने, न्यायालयमा भ्रष्टाचारको अन्त्य गर्नेपर्नेलगायत माग राख्दै बारले गत कात्तिक १४ गतेदेखि आन्दोलन गरेको थियो ।

कोभिड–१९ को महामारीका बेलामा पनि बारेले भर्चुअल रुपमा आन्दोलनलाई अगाडि बढाइरहेको छ ।

बारका अध्यक्ष श्रेष्ठले बारको आन्दोलनस्वरुप गोलाप्रक्रियाबाट मुद्दाको सुनुवाइ हुन सुरु भए पनि न्याय परिषद्, न्याय सेवा आयोगको बैठक बस्न नसक्दा न्यायालय अनिर्णयको बन्दी बन्दै गएको बताए ।

सर्वोच्च बारका अध्यक्ष डा पूर्णमान शाक्यले बारको आन्दोलन कुनै व्यक्तिलाई लक्षित गरेर नभएको उल्लेख गर्दै समग्र न्यायालयको सुधारका लागि भएको र भ्रष्टाचारलाई अन्त्य गरी न्यायाधीशहरूले न्याय सम्पादन ध्यान दिनुपर्नेमा जोड दिए ।

आन्दोलन न्यायपालिकाप्रतिको विश्वासमाथि उठाउनका लागि भएको र बारले न्यायालयको शुद्धीकरण नभएसम्म आन्दोलनलाई जारी राख्ने बारले जनाएको छ ।