२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर महानगरको फोहोर व्यवस्थापन गरिँदै

अ+ अ-

चितवन । कोरियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा भरतपुर महानगरको फोहोर व्यवस्थापन गरिने भएको छ ।

दुई देशबीच सम्झौता गरी रु एक अर्ब २५ करोड (११.१४ मिलियन अमेरिकी डलर) को लागतमा ल्याण्डफिल्डसाइड निर्माण गर्न लागिएको हो ।

महानगरपालिकामा जनप्रतिनिधि आएसँगै फोहोर व्यवस्थापनका अध्ययन थालिएको थियो । महानगर प्रमुख रेनु दाहालका अनुसार कोरियाली सरकारको सहयोगमा पहिलो चरणमा महानगरको फोहोर व्यवस्थापनको गुरुयोजना तयार गरिएको छ ।

महानगरको फोहोर व्यवस्थापनका बारेमा विस्तृत अध्ययनपछि प्रतिवेदन तयार गरिएको हो । दुई सरकारबीच ‘जीटुजी’ माध्यमबाट सम्झौता गरी काम अघि बढाउन लागिएको उनले जानकारी दिइन् ।

महानगरप्रमुख दाहालले भनिन्, ‘कोरियाली सरकार र नेपाल सरकारबीच केही दिनमै सम्झौता गरी काम अघि बढ्छ ।’ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्झौता गर्नुपर्ने हुन्छ ।

पालिकाले विदेशी सहायता र सहयोग सोझै ल्याउन नपाउने भएकाले मन्त्रालय चरणबाट काम गर्नुपर्दा केही ढिलाइ भएको चर्चा गर्दै उनले थपिन्, ‘केही ढिलो भए पनि भरतपुर महानगरमा आधुनिक वैज्ञानिक ल्याण्डफिल्डसाइड बन्छ ।’

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण प्रक्रिया पूरा गरी सम्झौताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइसकेको छ । मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख सहसचिव विष्णुदत्त गौतमले सम्पूर्ण प्रक्रिया पूरा गरी अर्थ मन्त्रालयमा फाइल पठाइएको बताए । उनले भने , ‘गएको डिसेम्बरमा काम सम्पन्न गर्ने तयारी थियो, कोभिडका कारण ढिलो भएको हो । केही दिनमा अर्थ मन्त्रालयले प्रक्रिया पूरा गरेर सम्झौता गर्ने भएको छ । ‘

कोरियाली सरकारले ल्याण्डफिल्ड साइड निर्माण गरी नेपाली कर्मचारीलाई तालिमसमेत दिएर परियोजना हस्तान्तरण गर्ने सहसचिव गौतमले जानकारी दिए । यसले महानगरभित्रको सबै फोहोरको व्यवस्थापन गर्छ ।

उनले थपे, ‘केही ढिलाइ भए पनि महत्त्वपूर्ण काम भएको छ ।’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले वडा नं ११ को आँपटारीस्थित जलदेवी सामुदायिक वनभित्रको नौ दशमलव नौ हेक्टर जमिनमा आधुनिक ल्याडफिल्डसाइड बन्ने बताए ।

सो ठाउँमा ल्याण्डफिल्ड साइड बनाउन शोधभर्ना जग्गा महानगरपालिकाले माडी नगरपालिका–१ मा खरिद गरिसकेको छ । यहाँ उपयोग गर्ने जग्गाभन्दा केही बढी जग्गा खरिद गरिएको हो ।

सुवेदीको भनाइमा ल्याण्डफिल्डसाइड सम्पन्न भएसँगै समग्र महानगरको फोहोर व्यवस्थापन सहज हुनेछ । अधिकांश फोहोरलाई पुनः प्रयोग गरी व्यवस्थापन गर्नै पर्ने फोहोरलाई मात्रै व्यवस्थापन गरिने छ ।

महानगरमा अहिले दैनिक ७० टन फोहोर सङ्कलन हुने गर्दछ । अत्याधुनिक उपकरणको प्रयोग गरी ल्याण्डफिल्डसाइड व्यवस्थित गर्न लागिएको उनले जानकारी दिए ।

महानगरपालिकाको वातावरण शाखा प्रमुख ई विराट घिमिरेका अनुसार सात ठाउँमा फोहोर सङ्कलन स्टेसन खडा गरिने छ । ती ठाउँबाट फोहोर ओसार्नका लागि साधनको व्यवस्थापन यही परियोजनाअन्तर्गत गरिने छ ।

कूल सङ्कलन हुने फोहोरको १० प्रतिशतबाहेक अरु फोहोर पुनः प्रयोगमा आउने उनको भनाइ थियो । दैनिक १०० टनसम्म फोहोरलाई व्यवस्थापन गर्न सक्ने गरी ल्याण्डफिल्डसाइड बनाउन लागिएको हो ।

शाखा प्रमुख घिमिरेले भने, ‘कोरियालीसँगको सहकार्यमा नेपालमै यो हाम्रो परियोजना पहिलो हो ।’ जनप्रतिनिधि आएसँगै भएको प्रयासबाट महत्त्वपूर्ण आयोजना सुरु गर्न लागिएको उनको भनाइ थियो ।

हाल महानगरपालिकामा वडा नं १ देखि ५ सम्म वेस्ट म्यानेजमेन्ट प्रालि र ७ देखि १२ सम्म वातावरणीय सुन्दर नेपाल प्रालिसँगको सहकार्यमा फोहोर व्यवस्थापन गरिँदै आएको छ । बाँकी वडामा महानगरपालिकाले फोहोर व्यवस्थापन गरिरहेको छ ।

आयोजना सम्पन्न नभएसम्म निजी क्षेत्र र महानगर आफैँले फोहोरको व्यवस्थापन गर्ने शाखा प्रमुख घिमिरेको भनाइ थियो । कोरियाली सरकारको यो परियोजना सम्पन्न गर्न करिब तीन वर्ष लाग्ने अनुमान छ । हाल महानगरपालिकामा सङ्कलित फोहोरलाई भरतपुर महानगरपालिका–३ मा व्यवस्थापन हुँदै आएको छ ।