२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दरखोला दोस्रो जलविद्युत् आयोजना पुनः सञ्चालनमा

अ+ अ-

गलेश्वर । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका २ लुलाङमा गत भदौ २० गतेदेखि अवरुद्ध भएको जलविद्युत् आयोजना ६ महिनापछि सञ्चालनमा आएपछि स्थानीयवासी खुसीले दङ्ग परेका छन् ।

दरखोलामा गत भदौमा आएको बाढीले बगाएको दरखोला दोस्रो जलविद्युत् आयोजना ६ महिनापछि पुनः सुचारु भएको छ । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङको लघु जलविद्युत् परियोजना ६ महिनापछि सुचारु भएको हो ।

४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत् गृह, बाँध र कुलो पहिराले बगाएपछि विद्युत् आपूर्ति बन्द भएको थियो । लघु जलविद्युत् परियोजनाको संरचना मर्मतपछि सुचारु भएको हो । जलविद्युत् आयोजना पहिरोले बगाएपछि गाउँ अन्धकार बनेको थियो ।

परियोजना पुन निर्माण गर्न गाउँपालिकाले १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत १० लाख गरी २२ लाख रुपैयाँ प्राप्त भएको परियोजना पुन निर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले बताए । गत पुस महिनाबाट परियोजना मर्मतको काम थालिएको थियो । मर्मतपछि परीक्षण गरिएकोमा सफल भएको उनले बताए ।

बत्ती बलेपछि टुकीकोभरमा विद्यार्थीले पढ्नुपर्ने बाध्यता हटेको स्थानीयवासी भक्तबहादुर सिञ्किजा पुनमगरले बताए । विद्युत् सेवा सुचारु भएपछि गाउँमा रहेका कुटानीपिसानी गर्ने मिल, फर्निचर उद्योगका साथै विद्यार्थीको पठनपाठनमासमेत सहज भएको छ ।

अन्धकारमय बनेपछि सोलार र टुकीका भरमा बसेका स्थानीयवासी उत्साहित भएका छन् । २०७६ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ८५ लाख ९७ हजार, जनश्रमदान ३३ लाख गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त रु ५ लाख तीन हजार गरी एक करोड ७४ लाखको लागतमा परियोजना निर्माण गरिएको थियो ।

लमसुङस्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजना बाढीले बगाएको थियो । विद्युत् आपूर्ति बन्द हुँदा वडा नं २ का खोरिया, लुलाङ, लमसुङलगायतका ३५४ परिवार प्रभावित भएका छन् ।

विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । विसं २०७३ मा पहिराले जुगेपानीस्थित २५ किलोवाट क्षमताको विद्युत् गृह बगाएपछि सोही परियोजनालाई २०७५ सालमा मरेनीको फेदीमा स्थानान्तरण गरिएको हो ।

गाउँपालिकाको रु ५० लाख र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रु ८६ लाख तथा स्थानीयवासीको श्रमदानमा उक्त परियोजना निर्माण गरिएको हो ।

बाढीले रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । परियोजना पुन निर्माणका लागि गाउँपालिकाले रु १० लाख र प्रदेश सरकार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले रु १० लाख विनियोजन गरेको थियो । मर्मतपछिको अवस्थाको गाउँपालिका अध्यक्ष थमसरा पुन सहितको टोलीले निरीक्षण समेत गरेका छन् ।