२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जितगढीमा अंग्रेजलाई पराजित गर्ने १३ योद्धाको सालिक स्थापना

अ+ अ-

काठमाडौँ । अंग्रेजसँग लडेर विजय प्राप्त गरेको रुपन्देहीको बुटवलस्थित जितगढीमा वीर योद्धाहरूको सालिक स्थापना गरिएको छ । सन् १८१४ देखि १८१६ सम्म जितगढी किल्लामा भएको युद्धमा जित हासिल गरेर नेपालले अंग्रेजलाई धपाएको थियो ।

ऐतिहासिक महत्वको किल्लामा अतिक्रमण बढ्नुका साथै ओझेलमा परेपछि यहाँको ऐतिहासिक महत्व सुरक्षित राख्न सालिक निर्माण गरिएको जितगढी संरक्षण समितिका अध्यक्ष रविन्द्र गोपाल लाकौलले बताए । किल्ला संरक्षणमा बटौली संरक्षण समिति र नेपाली सेनाले बुटवल उपमहानगरलाई समन्वय गर्दै सघाएको उनले जानकारी दिए ।

नेपाल र इस्टइण्डिया कम्पनी सरकारका फौजलाई पराजित गरेको स्थलमा तत्कालीन कर्णेल उजिरसिंहका पालाका १३ सेनाका अर्धकदका सालिक निर्माण गरिएको छ । जितगढी किल्ला नेपालीको इतिहास र गौरव रहेकाले थप संरक्षण तथा प्रचारप्रसार गरिनुपर्ने वडा नम्बर २ का वडाअध्यक्ष रमेश नेपाल बताउँछन् ।

अतिक्रमणको चपेटामा परेको किल्ला क्षेत्रमा उपमहानगरले तीन बिगाह जग्गा संरक्षण गर्दै गुरुयोजना बनाएर संरक्षण, सम्वर्द्धन र विस्तारका काम सुरू गरेको छ । गुरुयोजनाअनुसार नै १३ जना सेनाको सालिक निर्माण गरिएको हो । काजी वीरभञ्जन पाँडे, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, शमशेर राना मगर, सरदार सूर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शूरवीर बोहरा, हवल्दार रणशूर बानियाँ, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियाँ र जुठे बस्नेतको सालिक निर्माण गरिएको छ ।

सो युद्धमा जनरल सुलेमान र जनरल उडको नेतृत्वमा युद्ध लड्न आएका अंग्रेज फौजलाई कर्णेल उजिर सिंह थापा मगरको कमाण्डको नेपाली सेनाले दुई पटकसम्म पराजित गर्दै गोरखपुरसम्म लखेटेको थियो । कम्पनी सरकारको सेनाले अवध सरकारलाई तिरो तिरेको प्रमाणका आधारमा तिब्बतसम्मको व्यापारी नाका कब्जा गर्ने उद्देश्यका साथ बटौलीबाट आक्रमण सुरू गरेको थियो ।

किल्लामा आकर्षक पार्कसहित झिलिमिली लाइटिङ तथा राष्ट्र धुनसहितको पानीका फोहरा निर्माण गरेर आकर्षक बनाइएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए ।