७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपाद्वारा भोटेचौर पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति

अ+ अ-

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ ।

काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरी महानगरकै सहयोगमा निर्माण हुन लागेको सो उद्यान बाढीले बगाएपछि अहिले उद्यानमा गर्ने लगानी महानगरले मेलम्ची–१ भोटेचौरको पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरेको छ।

महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को स्वीकृत बजेटअन्तर्गत नगर साझेदारी कार्यक्रम अन्तर्गत पूर्वाधार निर्माणमा सहयोग गरेको थियो ।

उद्यान निर्माण गर्न सम्झौता गरेको एक करोड ५० लाख अनुदान मेलम्ची –१ भोटेचौरमा पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए ।

मेलम्ची बाढीले प्राविधिकरूपमा सम्झौताअनुसार कार्य गर्न सम्भावना नभएकाले मेलम्चीको आग्रहअनुसार भोटेचौरमा पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरिएको उनले जानकारी दिए ।

१६ करोड अनुमानित लागतमा पर्यटकीयस्थल भोटेचौरमा विभिन्न स्थानमा उद्यान, खाल्टे–ठूलो ढुङ्गा तथा केदार मन्दिरबाट पातल गुफा पैदलमार्ग, सवारी पार्क, ठाउँ–ठाउँमा बुद्ध, शिवमूर्ति राखिने, तपचुली डाँडा सिँढी तथा भ्यूटावरलगायत चिया बगानमा उद्यान पातल गुफासम्म पदमार्ग र गुफा व्यवस्थापनलगायतका काम हुने मेलम्ची नगरपालिका–१ का वडाध्यक्ष कृष्ण चौलागाईँले जानकारी दिए ।

मेलम्चीको निवेदनानुसार महानगरपालिकाले निर्णय गरी भोटेचौर एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रस्तावित ‘डिजाइन स्पेसिफीकेशन’ र लागतअनुसार निर्माणकार्यमा खर्च गर्न सहमति प्रदान गरेको हो । ती दुई स्थानीय तहका बीच विसं २०७७ पुसमा भगिनी सम्बन्ध स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस