धनगढी । बैतडीमा भएको टिपर दुर्घटनामा घाइते भएका थप १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका पाटन नगरपालिका–३ कै १२ वर्षीय राजु पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पाटनले उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा पन्तको बाटोमै मृत्यु भएको जनाएको छ । योसँगै मृतकको संख्या ४ पुगेको छ ।
सम्बन्धित समाचार : बैतडीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाइते







