७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेल पर्यटन प्रवर्द्धन गर्न अल्ट्रा म्याराथन

अ+ अ-

तनहुँ । व्यास नगरपालिकाले व्यास अल्ट्रा म्याराथन प्रतियोगिता गर्ने भएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले फागुन २८ गते सो खेल आयोजना गर्ने निर्णय गरेको हो ।

खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले बर्सेनि अल्ट्रा म्याराथनको आयोजना गर्दै आएको हो । नगरपालिका–५ मानुङकोटदेखि नगरपालिका–८ सहीदग्राम सहीदपार्कसम्मको ४४ किलोमिटर दूरीमा सो प्रतियोगिता आयोजना गरिने भएको हो ।

मानहुँकोटलाई पर्यटकीय गन्तव्य बनाउने र पुलिमर्याङको सहीदपार्ककोसमेत विकासमा सघाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

हरेक वर्ष सहिद दिवसमा यो प्रतियोगिता आयोजना गर्दै आए पनि यसअघि कोरोनाका कारण स्थगित गरिएको थियो । ‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान’ भन्ने मूल नारासाथ प्रतियोगिता हुनेछ ।

नगरप्रमुख न्यौपानेले मानहुँकोट र पुलिमर्याङलाई पर्यटकीय गन्तव्य बनाउन सघाउने गरी प्रतियोगिता आयोजना गरिएको बताए ।

राजमार्गको नजिक पर्ने भएकोले मानहुँकोट आन्तरिक पर्यटकमाझ निकै नै चर्चित छ । ‘तर, पुलिमर्याङ त्यति परिचित नभए पनि महत्त्वपूर्ण गन्तव्य हो’, उनले भने, ‘अब मानहुँकोटको जस्तै प्रचार पुलिमर्याङको पनि गर्न जरुरी छ ।’ त्यसै गरी महिला हाफ म्याराथन प्रतियोगिता दमौलीदेखि तनहुँसुरसम्म २०७८ फागुन २४ गते गरिने छ ।

प्रतिक्रिया दिनुहोस