१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिगमनकारी गठबन्धन रोक्न प्रयास गरिरहेका छौँ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना एमसीसीको कारण वर्तमान सत्ता गठबन्धन टुट्ने र प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति बनेको बताएका छन् । आफू त्यो स्थितिलाई रोक्न प्रयासरत रहेको पनि उनले बताए ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने ‘कुनै खालको प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् । संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षाको लागि कसम खाएर बनेको गठबन्धन सजिलै नटुटोस् भनेर अहिले हामी लागिराख्या छौँ ।’
एमसीसीको समस्या पनि समाधान होस् र वर्तमान सत्ता गठबन्धन पनि नटुटोस् भनेर उपाय खोजिरहेको प्रचण्डले बताए ।

‘संविधानको रक्षा, गणतन्त्रको रक्षा, सङ्घीयताको रक्षा अथवा हाम्रा अधिकारको रक्षा कहिंकतै दुर्घटना हुन नपाओस् भनेर हामी लागिराख्या छौँ,’ प्रचण्डले भने, ‘प्राप्त उपलब्धिहरू गुम्न नदिने र थप उपलब्धिका निम्ति थप एकताबद्ध भएर अगाडि बढ्ने हामी सबैले यही सङ्कल्प लिएर अगाडि बढ्नुपर्छ ।’

अहिले आफूहरू रक्तपातहीन युद्धमा रहेको बताउँदै प्रचण्डले भने, ‘युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो । राजनीति भनेको रक्तपातहीन युद्ध हो । अहिले हामी रक्तपातहीन युद्धमा छौँ । युद्ध सकिएको छैन ।’

कार्यक्रममा प्रचण्डले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम तेलको स्मृतिमा पार्टीले निश्चित रकम राखेर अक्षय कोष बनाउने घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस